Siraha Times
ताजा समाचार

कुलतले निम्तयाउदै छ अपराध

  • कार्तिक २६, २०८१
  • ७७६ पटक पढिएको
  • सिरहा टाइम्स
alt

रहमुल लहान २६ कार्तिक । हाल भारतको नाका संग जोडिएका नेपालका जिल्लाहरुको युवाहरु कुलतमा फसेर बिभिन्न बिकृति मात्रै फैलाएको होइन ती युवाहरु शिक्षा बाट टाढा भैरहेको अवस्था प्रष्ट देख्न सकिन्छ। कुलतले निम्तयाउदै छ देशमा अपराध जुन कुरो सबैलाई थाहा छ तर पनि हरेक पक्ष चुपचाप बसेका छन। अहिले भारी संख्यामा युवाहरू बान्सघारी, आँपको बगैचा, झारी र वनहरुमा लुगेर लागुऔषध सेवन गरीरहेको छ्यापछ्यापी देख्न सकिन्छ। 

कुलतमा फसेका युवाहरू खाना कम खाने, घरको कुनै पनि कामधाम नगर्ने, बडेबुजरुगको इज्जत नगर्ने, हुलमा ग्याङ फाइट गर्ने, चोरीका घटनाहरु घटाउने , सडकमा तिब्रगतिमा सवारीसाधन कुदाएर अत्यधिक दुर्घटना गर्ने गराउने लगायत अनेकौ घटनाहरू घटाएर घरपरिवार, समुदायलाई हैरान परेशान बनाइरहेको अवस्था सृजना गरेको छ भने सुरक्षाकर्मी समेतलाई पनि हैरान पारेका छन। कुलतमा फसेका युवाको कारण प्रहरी कार्यालयहरु, अस्पतालहरु, अदालत समेत भरीभराउ रहेको कसै संग लुकेको छैन। खासगरी मोटरसाइकल दुर्घटनामा अत्यधिक वृद्धि भएको छ। सर्बसाधारण सडकमा हिड्न डराइरहेको अवस्था रहेको देखिन्छ। अल्पआयुमा धेरै युवाहरू ज्यान गुमाएको मात्रै हैन भारी संख्यामा अंगभंग समेत भएको अवस्था छ।

कुलतमा फसेका युवाको कारण समुदाय स्तरमा कम उमेरका महिलाहरू बिधवा हुनु, दादागिरी बढ्नु, सधैं झैझगडा हुनु, सम्बन्ध बिच्छेदका घटनाहरु समान्य बिषय बनेको छ भने धेरै घरपरिवारको अर्थब्यबस्था कमजोर भइ नागरिक गरीबीको दलदलमा फसिरहेको अवस्था देख्न थालिसकेको छ। हालको सिरहा जिल्लाकै कुरो गर्नु पर्दा यस जिल्ला संग जोडिएका भारत बिहारको मधुवनी जिल्लामा अवस्थित लौकहा, लदनिया र जयनगर ड्रग्सको मुख्य केन्द्र मानिन्छ। सिमानाका संगै जोडिएका यी बजारहरुमा खुल्लमकुल्ला लागुऔषध बिक्रीवितरण भैरहेको छ जसको कारण यो एक महिना भित्र दर्जनौं युवाहरूको ज्यान गएको छ भने कयौ दर्जन मोटरसाइकल दुर्घटना भएको देखिन्छ।

आखिर यो महामारीको शिकार अझ कति युवाहरू हुने ठुलो चिन्ताको बिषय बनेको छ। हालै भारतको लदनिया बजारको औषधि पसलहरुमा बिहार प्रहरीको छापा पर्दा भारी संख्यामा लागुऔषध फेला परेको थियो र ती लागुऔषध भारतीय प्रहरी द्वारा नष्ट गरी अहिले उक्त बजार सिल गरिएको छ। तिन तहको सरकार छन देशमा हजारौंको संख्यामा गैरसरकारी संघसंस्था छन सबैले लागुऔषध नियन्त्रण सम्बन्धि कार्यक्रमहरु पनि संचालन पनि गरिरहेका पनि छन तर ती सबै कागजमै सिमित छन। आज सम्म कहि कतैबाट ठोस रुपमा यो अभियान शुरु गरेको देखिएन र अहिले त्यसैको फलस्वरूप लागुऔषध प्रयोगकर्ताको जमात ठुलो आकार लिएको कसै संग लुकेको छैन। 

सरकारहरुले देशमा समृद्धि ल्याउने ठुलठुला भाषण गरिरहेका छन। यो बिकास त्यो बिकास गर्दैछु भन्छन तर युवा नै नरहे बिकास के का लागी यस तर्फ हरेक पक्ष गम्भीर हुन जरुरी छ। सानै उमेरका किशोरहरु बिधालय जिवन देखि बिडी,चुरोट, खैनी बाट लतमा फस्छन अनि गाजा हुदै ड्रग्स सम्म पुग्छन यस तर्फ खै त कसैले सोचेको? यो यस्तो गम्भीर प्रस्थिति प्रति हरेक पक्ष एक जुट भइ जब सम्म गाउँ,टोल र बस्ति बाट उठेर अभियान शुरु गर्दैन तब सम्म यो लागुऔषधको महामारी नियन्त्रण कुनै पनि हालतमा हुन सक्दैन। युवा देशको भविष्य हो र यसलाई बचाउन हामी नेपाली आ-आफ्नो ठाउँ बाट जाग्नै पर्छ।

प्रतिक्रिया दिनुहोस

असिना–हावाहुरीले मकै ...

रहमुल काठमाडौं, २३ वैशाख । पछिल्ला केही दिनदेखि देशका विभिन्न क्षेत्रमा परेको वर्षा र हावाहुरीले मकै ...

कुपोषण न्यूनीकरण र स ...

रहमुल, लहान २४ । वैशाख पोषणयुक्त समाज निर्माण तथा कुपोषण न्यूनीकरणका विषयमा केन्द्रित पालिका स्तरीय ...

लाहानमा चोरको बिगबिग ...

लहान, वैशाख २३ । सिरहाको लहान नगरपालिका क्षेत्रमा पछिल्लो समय चोरीका घटनाहरू तीव्र रूपमा बढिरहेका बे ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१