मुक्ति नेपालद्धारा पाँच जनालाई सिलाई मेसिन सहयोग

  • असार १९, २०८१
  • ८५७ पटक पढिएको
  • सिरहा टाइम्स
alt

संजु कुमारी दास लाहान  १९ असाढ । मुक्ति नेपाल गोलबजार द्धारा ५ जना प्रभावित महिलालाई निःशुल्क सीपमुलक तीन महिने सिलाई कटाई तालिम पछि एक एक एक थान सिलाई मेसिन वितरण गरीएको छ । जसले उनीहरु सिकेका सिपको प्रयोग गरी आगामी दीनमा कसैको अगाडी हात फैलाउनु न परोस् वा विवशतामा जीवन न बितोस् उनीहरु आफ्नो खुट्टामा उभिन पाओस् भन्ने सकारात्मक सोचका साथ प्रतेक वर्ष मुक्ति नेपालले यस्ता सिपमुलक तालिम गर्दै आएको छ ।

सिलाइ मेसिन पाउने गोलबजार ३ की रंगिला कुमारी सदा ,ललिता कुमारी शर्मा , मनिका कुमारी साह , देव सुनर साह र गोलबजार ४ की आनन्दी यादव रहेकि छिन् । पाँचै जनालाई वडाध्यक्ष  धन प्रसाद लामा ( गोलबजार ३ ),सकलदेव यादव ( गोलबजार ४ ) र मुक्ति नेपालकी अध्यक्ष देव कुमारी महरा रजिला कार्यक्रम संयोजक विशेश्वर दास लगायत मुक्ति नेपालको टीमको रोहबरमा वितरण गरेको थियो ।

कार्यक्रममा वार्ड नम्बर ३ का वडाध्यक्ष धन प्रसादलामाले अरु कुनै ठाउ बाट दीएको तालिममा प्रायःआवश्यत्ता हुनेहरु भन्दा पनि अरुले नै पाएको देखिन्छन , तर मुक्ति नेपालले असलमा प्रभावितको पहिचान गरेर, जसलाई आवश्यत्ता हुन्छ त्यस्ता महिलाहरुलाई खोजेर उनलाई जिविकोपार्जन गर्नका लागि उनीहरुको क्षमताअनुसार उनीहरुकै चाहना अनुसारको सीप सिकाई मदद् गर्ने गर्छन । जो एकदमै सराहनीय काम हो । यो भन्दा पहिला पनि यहाँबाट सिलाई कटाई , चुडी लहठी बनाउने तालिम लगायत बिभिन्न प्रकारका शिपमुलक तालिम दीई धेरै जनालाई नया जीवन प्रदान गरेको छ । साथै कतै कसैलाई कुनै प्रकारको हिंसा भयो भने वा समस्यामा परेको छ भने वाडाकार्यालयमै आएर मुक्ति नेपालकहां छ भनी सोधने गर्छ , कीनभने उनीहरुलाई विश्वास लागेको छ की यहां पुगे पछि उनको समस्याको समाधान पक्कै हुन्छ , हामीलाई हाम्रै वार्डको घटना मुक्ति नेपाल बाट थाहहुने गर्छ भनी बताउनु भयो ।

त्यस्तै वडा नम्बर चार काअध्यक्ष सकलदेव यादवले जुनउद्येश्यका साथ मुक्ति नेपालले तपाईहरुलाइ यस्ता सिपमुलक तालिम दीनु भएको छ ।आगामी दीनमा यही शिपले गरी खान पाओस भने मेसिन पनि प्रदान गरीएको छ आशा छ तपाइहरुको आगामी जीवन सहज र खुशीले भरीएको होस् । यदी सिकेको शिपलाई राम्रो संग प्रयोग गर्नु भयो भने पक्कै जिवन उपयोगी हुनेछ , त्यही भएर आफु जहां हुनुहुन्छ त्यही यस सिपको उपयोग गरेर आत्मनिर्भर भई आर्थिक रुपमा सबल हुनु र सहजताका साथ जीवन चलाउनु हुनेछ भनी शुभकामना छ ,भन्दै मुक्ति नेपालद्वारा गरीएको काममा वडाबाट हुने सहयोग हामी गर्ने छौं भनी आफ्नो भनाई राख्नु भयो ।

त्यस्तै उनीहरुलाई तालिम दीने ट्रेनर बन्दना राईले उनीहरुको शिप सिकाईमा अझै केहीकमी रहेकोले वहांहरुको तालिम सके पनि म अझै एक डेढ महिना बिना शुल्क उनीहरुको शिपमा परिपक्वता न भए सम्म सबै सिकाउने छु भनी प्रतिबद्धता जनाउदै म आफ्नो सिप बाड्न पाउदा एकदमै खुशी छु र आगामी दीनमा पनि म बाट हुने सहयोग गरी रहन्छु भनी बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस

उत्कृष्ट कार्यको कदर ...

रहमुल, लहान २२ चैत्र । सिरहाको सिरहा नगरपालिका–१५, सुखचैनामा सञ्चालित किसान सेवा केन्द्रले स्थ ...

नेशनल मेडिकल कलेजमा ...

रंजित चौरसिया,वीरगंज २२ चैत। नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल, वीरगंजद्वारा आयोजित ‘स्पोर् ...

महेन्द्र गेनाई प्राद ...

रहमुल, सिरहा २२ चैत्र । सिरहाको धनगढीमाई नगरपालिका–११, छपरारी बजारको उत्तरतर्फ अवस्थित महेन्द् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१