Siraha Times
ताजा समाचार

सिरहामा प्रहरी कार्यालयकै अगाडिबाट भयो डकैती ,लाखौं लुटियो

  • असार १८, २०८१
  • ११७९ पटक पढिएको
  • सिरहा टाइम्स
alt

सिरहा १८ असार  ।  सिरहाको नरहा गाउँपालिका वडा नम्बर ५ मा इलाका प्रहरी कार्यालय नरहाकै अगाडिबाट लाखौको चोरी डकैती भएको छ । आइतबार राती करिब साढे एघार बजेको समयमा डाकाहरुको एक समुहले घर बाहिर लागेको ग्रील टोड्दै घर भित्र प्रवेश गरि लाखौको जिन्सी समानहरु हतियार देखाई लुटपाट गरिएको हो । आइतबार राती करिब साढे एघार बजेको समयमा हात र गलामा लगाइएको लाखौंको सुन चाँदीको गहना सहित हातहतियार देखाई नकाबधारी डाकाहरुले लुटेर लगेको ७५ बर्षिय बृद्ध शुशिला देबि यादवले बताईन ।

वृद्धका अनुसार बाहिर कति जना थियो देखिन्न तर आफू रहेको घर भित्र ५ जना नकाबधारी डाकाहरुले प्रवेश गरि आफूले कानमा लगाएको सुनको लोइर आठ अना, हातमा लगाएको चाँदीको अठार भरी चुरा अन्य ज्वेलर्सहरु सहित करिब तीन लाख बराबरको समानहरु लुटेर लगेको बताइन् । डाकाहरुले घटना गरिरहेको अबस्थामा आफ्नो छोराले घर बाट चालीस मिटरकै दुरिमा रहेको इलाका प्रहरि कार्यालय नरहाका प्रहरिलाई फोन गरेपनि प्रहरीले समयमै आइएन ।

प्रहरी कार्यालय अगाडी नै चोरी डकैती भएपछि आफुहरु मात्रै होइन गाउँका आम मानिसहरू पनि भयभित भएका उनले बताइन । सिरहा जिल्लामा चोरी र डकैती देखि मानिस त्रसित भएका छन । सिरहामा दिन प्रतिदिन बढदै गइरहेको अपराधजन्य घटना चोरी डकैतीलाई निरुत्साहित कस्ले गर्ने चिन्ताको बिषय बनेको स्थानीय बुद्धिजीवी रामकुमार यादवले बताए । यश बिषयमा नरहा प्रहरीलाई सोध्दा चोर डाकाहरुलाई खोजतलास गरिरहेको बताए ।

 

प्रतिक्रिया दिनुहोस

खैरबोना आधारभूत विद् ...

रहमुल, लहान, ९ जेठ । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–४ स्थित खैरबोना आधारभूत विद्यालयमा अभ ...

घलेटोल मुसहर बस्तीमा ...

रहमुल, लहान, ९ जेठ । सिरहाको लहान नगरपालिका–१३ स्थित घलेटोल मुसहर बस्ती शुक्रबार उत्सवमय बनेको ...

विद्यालयको आम्दानी स ...

रहमुल, लहान ८ जेठ । “कला संस्कृतिहाम्रो स्वाभिमान, समृद्ध सखुवानन्कारकट्टी हाम्रो पहिचान&rdquo ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१