Siraha Times
ताजा समाचार

हात्ती दाह्राको अबैध व्यापारमा श्याम र नबिजानको संलग्नता रहेको चर्चा

  • असार ११, २०८१
  • १३०१ पटक पढिएको
  • सिरहा टाइम्स
alt

रंजित चौरसिया  वीरगंज ११ आषाढ । पर्सा प्रहरीले हात्तीको दाह्रा सहित अबैध व्यापारमा संलग्न तीन जनालाई बितेको शुक्रवार ७ गते नै पक्राउ गरी सार्वजनिक गरिसकेको छ । पक्राउ पर्नेहरुमा पर्सा ठोरी गाउँपालिका– ४ बिजयबस्ती गुम्बालाइनका ४१ वर्षीय कुइसंङ लामा, वीरगंज महानगरपालिका–१४ बस्ने ४० वर्षीय प्रेम शर्मा र वीरगंज–३१ का अमिरी साह छन् । विगत केही महिना अघि देखि ठोरी गाउँपालिका–४ गोरखपुर टोलमा केही अपरिचित व्यक्तिहरूले हात्तीको दाह्रा बिक्री गर्नको लागि ग्राहकको खोजी गरिरहेको सूचना पाएपछि प्रहरीले छापा मार्दा स्थानीय चन्द्र परियारको खेतमा खाल्डो खनी करीब २१÷२१ किलो तौलको दुई वटा हात्तीको दाह्रा जस्तो देखिने बस्तुहरू फेला परेको हो ।

उनीहरुलाई नियन्त्रणमा लिइ थप अनुसन्धान भईरहेको जनाईएको छ । विशेष स्रोतको अनुसार पक्राउ पर्नेहरुलाई संरक्षण गर्ने श्याम यादव र नविजान अली रहेको बताईन्छ । वीरगंज महानगरपालिका वडा नं. २९ मुसैली निवासी श्याम यादव र रतनपुर निवासी नविजान अलीको सो दाह्राको कार्यमा संलग्नता रहेकोले अनुसन्धान अधिकारीहरुले कलडिटेल निकालेर अनुसन्धान गर्दा पुष्टि हुन सक्ने ती स्रोतको दाबी रहेको छ । यस सन्दर्भमा श्याम यादव र नबिजान अली सँग सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा ज ...

रहमुल, लहान ३ असोज । जनता समाजवादी पार्टी (जसपा) नेपालले सिरहाको सखुवानन्कारकट्टी गाउँपालिकामा अगुवा ...

शिक्षकको मेहनत, अभिभ ...

रहमुल, लहान,०३ असोज ।“ज्ञान, विज्ञान, सीप, उद्यम र मौलिकता : साझेदारी र प्रगतियुक्त सक्षमता&rd ...

जेन्जी आन्दोलनका क्र ...

ओम प्रकाश यादव, लहान असोज २ । जेन्जी आन्दोलनका क्रममा लागूऔषध मुद्दामा जिल्ला प्रहरी परिसर काठमाडौँक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१