छिपहरमाईका भ्रष्ट अधिकृत साह र लेखापाल पटेल भ्रष्टाचार कार्यलाई बढावा दिदै

  • कार्तिक २२, २०८०
  • १२१६ पटक पढिएको
  • सिरहा टाइम्स
alt

रंजित चौरसिया ,वीरगंज २२ कार्तिक। बारा जिल्लाको देवताल गाउँपालिकाका तत्कालिन भ्रष्ट प्रमुख प्रशासकीय अधिकृत सिकेन्द्र साहले कमिशनकै लागि आर्थिक वर्ष २०७८÷०७९ मा काम गर्नु भन्दा अगाडि नियम कानुनलाई धोती लगाउदै उपभोक्ता समितिलाई ४७ लाख ८८ हजार ९ सय ८७ रुपैया पेश्की दिई भ्रष्टाचार गरेको पाईएको छ । नियम कानुन बिपरित उपभोक्ता समितिलाई ३५ प्रतिशत पेश्की दिएकोमा मलेपको कार्यालयले बेरुजु कायम गर्दै सो रकम असुल उपर गर्नु पर्ने भनेको छ ।

मलेपको प्रतिवेदनको क्रम सं. ६.३ मा उपभोक्ता समितिको पेश्की ः सार्वजनिक खरिद नियमावली, २०६४ को नियम ९७(५) मा उपभोक्ता समितिलाई कुनै कार्यको लागि पेश्की उपलब्ध गराउदा सम्झौता रकमको एक तिहाई नबढने गरी उपलब्ध गराउनु पर्ने व्यवस्था छ । कार्यालयले निम्नानुसार उपभोक्ता समितिलाई सम्झौता रकमको करिब ३५ प्रतिशत पेश्की दिएको देखिन्छ ।

लेखापरीक्षणको अवधिसम्म काम नगरेको र उपभोक्ता समितिको पदाधिकारीले बैंकबाट पेश्की दिए पश्चात निकालेको देखिन्छ । उपभोक्ता समितिबाट आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, २०७७ को नियम ५१ बमोजिम वार्षिक १० प्रतिशत हुने ब्याजसमेत थप गरी पेश्की लगेको रकम रु. ४७, ८८, ९८७÷– असुल गर्नु पर्ने मलेपको प्रतिवेदनले उल्लेख गरेको छ ।

भ्रष्ट प्रवृतिका अधिकृत साहले कमिशनकै लागि भुक्तानी गरेको बाटो पक्की ढलान निर्माण उपभोक्ता समितिका तावारख मियाँ धोबी, राहुल कुमार, अविनाश कुमार सिंहले विभिन्न मितिमा ४७ लाख ८८ हजार ९ सय ८७ हजार बैंकबाट रकम निकालेको मलेपको प्रतिवेदनले देखाएको छ ।

स्थानीय सरकार संचालन ऐन २०७४ को दफा ८४(२)(घ) मा बेरुजू फछर्यौट गर्ने गराउने काम कर्तव्य प्रमुख प्रशासकीय अधिकृत कै हुने व्यवस्था छ । ऐन अनुसार जिम्मेवार व्यक्तिको कारण हिनामिना वा हानि–नोक्सानी पारेको रकम किटान गरिएको व्यवहोरालाई असुल गर्नुपर्ने बेरुजूमा वर्गीकरण गरिन्छ । यसले समेत भ्रष्टाचार भएको घाम जतिकै छर्लङ्ग हुन्छ । भ्रष्ट अधिकृत साहले लाखौं÷करोड भ्रष्टाचार गरि “दिन दुगुना रात चौगुना” मोटाउँदै आए पनि अख्तियार दुरुपयोग अनुसन्धान आयोग, सम्पति शुद्धिकरण विभाग लगायतका नियमकारी निकायले छानबिन गरि कारबाही प्रक्रिया अगाडी नबढाउँदा देवतालबासीहरु दांतले औला टोक्न बाँध्य भएका छन् ।

भ्रष्टाचार सन्दर्भमा सुक्ष्म अनुभव बटुलेका अधिकृत साहले कमिशनको सेटिङ्गमा आर्थिक वर्ष २०७८÷०७९ को पेश्की खर्च मै ४७ लाख भन्दा बढी भुक्तानी गरी भ्रष्टाचार गरेको स्थानियको आरोपलाई मलेपको प्रतिवेदनले पनि पुष्टि गरेको देखिन्छ । तत्कालिन देवतालका अधिकृत साह हाल पर्सा जिल्लाको छिपहरमाई गाउँपालिमा लेखा प्रमुख संजय पटेलको मिलोमतोमा भ्रष्टाचारको ताण्डव नै मच्चाई रहेको समाचार स्रोतले जनाएको छ ।

तत्कालिन समयमा अधिकृत साहले देवताल गाउँपालिकामा भ्रष्टाचार गरेकै कारण स्थानियहरुले उनलाई सरुवा गराई अर्का अधिकृत वकिल पाललाई हाजिर गराउन आन्दोलन नै गरेका थिए । बारा जिल्लाको देवतालमा हुँदा अधिकृत साहले भ्रष्टाचारको कमाईबाट रौतहटको चन्द्रनिगाहपुरमा आलिशान महल, कैयौं घडेरी, काठमाडौंमा घडेरी र वीरगंजमा करोडौंको अकुत सम्पत्ति आफ्ना आफन्तहरुको नाममा जोडन सफल भएको बताईन्छ ।

भ्रष्ट अधिकृत साह छिपहरमाई गाउँपालिकामा लेखापाल संजय पटेलको मिलोमतोमा भ्रष्टाचार गर्न तल्लीन रहेको स्रोतको भनाई रहेको छ । भ्रष्टाचारको कार्यमा गन्हाईसकेका लेखापाल संजय पटेल पर्साको जगरनाथपुर गाउँपालिकामा हुँदा ठेक्केदारहरुको करौडौं करोडको धरौटी रकम झ्वाम पारिसकेको स्रोतको भनाई रहेको छ भने छिपहरमाई गाउँपालिकामा पनि कार्य गरिसकेका विभिन्न फर्महरुको नाममा कटेको ०.५ प्रतिशतको रकम करोडौं करोड शिर्षक रकमान्तर गरी झ्वाम पारिसकेको बताईन्छ ।

भ्रष्ट लेखापाल पटेलले कुनै पनि फर्महरुलाई भुक्तानी दिनुभन्दा अगाडि नै पिसी (पर्सनल कमिशन) नलिईकन भुक्तानी नदिने गरेको भुक्तभोगीहरु बताउंछन् । अरु ठाउँको लेखापालहरु भन्दा कमिशनको मामिलामा गन्हाईसकेका पटेल प्रमुख प्रशासकीय अधिकृत सँग मिलेर छिपहरमाई गाउँपालिकामा भ्रष्टाचारको ताण्डव मच्चाई राखेको सोही गाउँपालिकाका एक कर्मचारीले नाम नछाप्ने शर्तमा बताए ।

प्रतिक्रिया दिनुहोस

जितिया पर्वमा आधारित ...

बिरेन्द्र प्रसाद नेपाल सिरहा, १ असोज । थारु समुदायको संस्कृति र जितिया पर्वसँग सम्बन्धित थारु लघु चल ...

नवराजपुर-१ श्री अवधि ...

ओम प्रकाश यादव लहान, १ असोज । सिरहाको नवराजपुर गाउँपालिका–१ स्थित श्री अवधि फेकनी आधारभूत विद् ...

शिक्षा नै प्रगतिको आ ...

लहान / भदौ ३१ । स्वतन्त्र नाई संघ (एस.एन.एस) को आयोजनामा काठमाडौं गौशालास्थित मिथिला थालीमा मंगलबार ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१