ताजा समाचार

तीज कार्यक्रम मौलिकतातिर उन्मुख बन्दै पाण्डे

  • असोज १, २०८०
  • ८५६ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विनोद मण्डल, असाेज १ । नवलपरासीको विभिन्न ठाउँहरूमा हिन्दूहरूको महान चाड तीज धुमधामसँग मनाइएको छ । करिब एक हप्तादेखि नारीहरुको महान चाड देशभरि मनाइरहेको अवस्थामा नवलपरासीका सबै ठाउँहरूमा विविध कार्यक्रम गरी भव्यताका पूर्वक तीज मनाइएको छ । सुनवल नगरपालिका १३ घ्यू डल्लामा सास्कृतिक आमा समुहको आयोजनामा समेत तीज विशेष कार्यक्रम मनाइएको छ ।

Open photo

आमा समुहद्वारा आयोजित कार्यक्रममा मौलिक संस्कृति झल्किने नृत्य , दिदी बहिनिहरुकै हाथले बजेको मादल,आफ्नो समुदायको समस्या समेटेर तयार पारिएको तिज गित गाइएको थियो । कार्यक्रममा रामग्राम नगरपालिकाका युवा नेतृत्व रवि पाण्डे समेत सहभागी हुनु भएको थियो , टेलिफोन सम्पर्कमा पाण्डेले भने " तीजको गीत सुन्दा एक छिन त गितको मर्ममा डुबे ,आखाहरु रसाए । वहाँहरुले मलाई निम्तो दिनुको उदेश्य थियो , त्यहाका स्थानीय समस्याहरुको बारेमा अवगत गराउनु ताकी म त्यो गाउँको आवाज बन्न सकु र त्यहाको पुर्ण अर्गानिक तिज नृत्य र गित जस्को बारेमा तिजको मौलिकता हराउदै गरेको ठाउहरुमा जनचेतना स्वरुप हाम्रो संस्कृतिको मौलिकता जोगाउन सन्देश प्रवाह गर्न सकु ।

बडो स्वच्छ र सुन्दर प्रस्तुति थियो । बल्ल १३ बर्ष पछि बिकृती रहित तिजको दर खाने,गाउने र नाच्ने कार्यक्रममा सहभागी हुन पाउँदा मन हर्सित भयो । आशा छ ,अब ठाउ ठाउमा तिजको मौलिकताको पुनर्जागरण हुनेछ । यस गाउँमा ८ बर्ष देखि अल्पत्र परेको हरिबिजोग भएको पुलको दुखको कथा पनि तिजको गित मार्फत जान्न पाईयो । कार्यक्रम सकिएपछि कुराकानीको क्रममा यहाको आमा समुहको अध्यक्ष जिवनकला रिजालको योग सम्बन्धि जीवन उपयोगी कुराहरू सुन्ने अवसर पनि पाईयो "। समाजमा मौलिकता कायम गरेर चाड पर्वहरू मानेको खण्डमा हाम्रो संस्कृतिको जगेर्ना हुने अवस्था रहेको छ ।

प्रतिक्रिया दिनुहोस

सुधारिएको चुलोले ग्र ...

रहमुल, लहान, १५ असोज । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिकाका ग्रामीण महिलाको आर्थिक सशक्तीकरणसँगै दा ...

खडकमा निःशुल्क मोतिय ...

ओम प्रकाश यादव लहान, असोज १४ । सप्तरी जिल्लाको खडक नगरपालिकाको आर्थिक सहयोगमा सञ्चालित निःशुल्क मोति ...

लामो रस्साकस्सीपछि ज ...

रहमुल, लहान, १४ असोज । सिरहाको लहान नगरपालिका–१९ र २३ नं. वडाको बीचमा अवस्थित जनता माध्यमिक वि ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤