Siraha Times
ताजा समाचार

बहुक्षेत्रिय पोषण कार्यक्रम सम्पन्न

  • जेठ ३२, २०८०
  • १०८७ पटक पढिएको
  • सिरहा टाइम्स
alt

बबिता मण्डल जेठ ३२ । सिरहाको धनगढीमाई १४ मा एक दिने पोषण अभिमुखीकरण तथा परामर्श कार्यक्रम सम्पन्न भएको छ । वडा अध्यक्ष अमित ठकुरी ज्यूको अध्यक्षता र उपमेयर संगीता चौधरी जूको प्रमूख आथित्यमा आयोजित कार्यक्रम धनगढीमाई नगरपालिका महिला बालबालिका तथा समाज कल्याण साखा धनगढीको सहयोगमा आयोजना गरिएको थियो । कुपोषण चक्र तोड्न पोषण तथा बालविवाह निवारणका लागि अभिवाक तथा किशोरीलाई अभिमुखीकरण तथा परामर्श कार्यक्रम अन्तर्गत शुरू गरिएको कार्यक्रमको व्यानर पढेर वडा अध्यक्ष अमित ठकुरी ज्यूले उद्दघाटन गर्नुभएको थियो । वडा नं १४ को वडा कार्यालय परिसरमा आयोजित कार्यक्रममा सहभागी सबैलाई बालविवाह लगायतको विषय वस्तुमा व्यापक छलफल गरिएको थियो ।

बाक्लो स्थानिय महिला दिदि बहिनीहरुको उपस्थितिमा आयोजना गरिएको उक्त कार्यक्रममा प्रशिक्षण बालविवाह लगायतको विषयमा शाखाका तर्फबाट नितु सिंहले दिनु भएको थियो । एउटै समयमा दुई फरक फरक विषयमा भएको कार्यक्रममा पोषणको बारेमा समेत प्रक्षिक्षण गरिएको थियो । कार्यक्रममा स्थानिय बुद्धिजीवी गोकुल पोखरेल, वडा सदस्य कुल बहादुर राउत लगायत व्यक्तित्वहरुको समेत सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

१८ वर्षदेखि अलपत्र म ...

विनोद अविरल, जेठ ११ ​ । सिराहा जिल्लाको गोलबजार नगरपालिका वडा नं. १ मुक्सारमा निर्माण सुरु गरिएको खा ...

बरियारपट्टी छोटी भन् ...

ओम प्रकाश यादव लहान, जेठ ११ । सिरहाको बरियारपट्टी छोटी भन्सार कार्यालय कायम राख्न माग गर्दै स्थानीयव ...

​धनगढीमाईको मदन भण्ड ...

​जेठ ११, सिराहा । सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. १४ स्थित मदन भण्डारी स्मृति माध्यमिक वि ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१