Siraha Times
ताजा समाचार

सिरहाको धनगडीमाई ट्राफिक प्रहरी द्वारा सर्वसाधारणलाई दादागिरी सँगै अभद्र व्यवहार

  • वैशाख १६, २०७८
  • १४०७८ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विसुन देव सरदारसिरहा / लहान / १६ गते बिहीबार। इलाका तिम्रो धामाका मेरो जस्तै उदाहरण दिइएको छ। सिरहाको धनगडीमाई नगरपालिका वडा न. ११ मा रहेको ट्राफिक प्रहरी द्वारा सर्वसाधारण तथा आम जनता नेपाली गाडी चालक आतंकित बनेका छन । उदाहरणका लागि धनगडी बजार देखि गोलबजार जाने क्रममा सुपर स्पलेण्डर बाईकमा २ जना दिनेश र विजय बातँर सवार थिए ।

आर के मेडि सिटी होस्पिटल नजदिक ट्राफिक चेकजाँच हुदै गर्दा ति दुई जनालाई बुलुबुक माग्दा दिए । त्यसपछि बाहाना बनाएर तिनीहरुलाई चलान काट्दै गर्दा तिनीहरू भने १०० ओटा गाडीहरु राजमार्गमा गुडिरहेको छ , त्यसलाई तपाईं केही नभन्ने अनि हामीलाई मात्र रोकेर तनावमा दिनु हुन्छ। त्यसपछि ट्राफिक प्रहरीले भने हो आज म कसैलाई केही भन्नदिन्न तिमीहरू दुई जनालाई मात्र आज चलाउन सहित कार्वाही गर्छु। त्यसपछि गाडीको ब्लु बुक लिएर कार्यालय पुगेका गिए। ट्राफिक प्रहरी ओम प्रकाश मण्डल ( अ. स. ई. ) असिस्टेन्ट सव इन्सपेकटर द्वारा दिनेश बिजय मात्र होइन बाँकी दिनहरुमा पनि सर्वसाधारण तथा आम सवारी चालक दादागिरी सँगै अभद्र व्यवहार गरेको खवर प्राप्त भएको छ।

यस्तो ट्राफिक प्रहरी भएर पनि काखा पाखा गर्ने प्रहरीलाई कार्वाही गर्नुपर्ने आवश्यक देखिन्छ । कसैलाई ब्लु बुक , हेल्मेट , मास्क चेक गर्ने त कसैलाई चेकजाँच नगर्ने यस्तो प्रहरीलाई काडा भन्दा काडा कार्वाही हुनु पर्ने यी दुवै जनाले सरोकारवाला निकाय सित अनुरोध गरेका छन। प्रहरीका अनुसार म ट्राफिक ( असई ) मेरो नाउँ हो , म नेता , कर्मचारी पत्रकार कसैलाई छोड दिन्न । ट्राफिक ( अ स ई ) ओम प्रकाश मण्डलका अनुसार म सबैमा दफा लगाउने छु। आज भोलिका पत्रकार पुत्रकार हो,नौ दिने पत्रकार भनेर सम्बोधन गरेको छ। ट्राफिक प्रहरी (असई) का अनुसार प्रदेश न.२ मा पत्रकार , पत्रकार होइन्न , स्थानीय पत्रकारहरु मेरो अगाडिमा केही छैन ।

स्थानीय पत्रकार केही नपढेर पनि पत्रकारिता शुरु शुरु गरेको हुन्छ । मास मिडियालाई मात्र बढाबा दिने ट्राफिक प्रहरी ओम प्रकाश मण्डलका अनुसार ह्वाटिज न्युज थाहा हुदैन्न,ह्वावाटिज जोर्नालिज्म बुझ्दैन्न , अनि आफुलाई पत्रकार भने खोज्दछन । नेतालाई म छोड्दिन्न चाहे , मन्त्री , सांसदको छोरा तथा गाडी आउने वितिक्कै सलाम गर्ने , अनि सर्वसाधारणलाई हेप्ने , दादागिरी , अभद्र व्यवहार यी ट्राफिक प्रहरीलाई कार्वाही एवंम पद् मुक्त गर्न हुन माथिल्लो निकाय सक्रिय हुनुपर्ने देखिन्छ । पद मुक्त गर्न माथिल्लो निकायलाई सवार दिनेश र विजय बाँतरले अनुरोध गरेको छ। यी यस्ता घटना बारे गाडी सवार दिनेश र विजय बाँतरले प्रत्यक्ष भेटघाट गरि बताए ।

प्रतिक्रिया दिनुहोस

भाइरल ज्वरोका बिरामी ...

ओम प्रकाश यादव लहान भदौ २५। मौसम परिवर्तनसँगै भाइरल ज्वरोका बिरामीको संख्या बढ्दै गएपछि सिरहाको लहान ...

लहानको हुलाक कार्याल ...

ओम प्रकाश यादव, लहान । सिरहाको लहान नगरपालिका क्षेत्रको सरसफाइ, सौन्दर्यीकरण तथा सार्वजनिक सुविधालाई ...

लहान–१६ स्थित श्री म ...

ओम प्रकाश यादव लहान भदौ २५ । लहान नगरपालिकाका नगरप्रमुख महेशप्रसाद चौधरीले लहान नगरपालिका–१६ स ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१