सिरहा प्रहरी खोतल्दै लागूऔषधसहित प्रयोग कर्ता : पुन्ह दुई युवा पक्राउ

  • मंसिर ११, २०७६
  • १०६० पटक पढिएको
  • सिराहा टाइम्स
alt

महेश सिंह सिरहा,१०मंसिर - सिरहाको दक्षिण बर्ती सिमा बर्ती क्षेत्रमा पर्ने सिरहाको भगवानपुर गाउँपालिका ५ लालपुर बाट लागूऔषधसहित प्रहरीले दुई युवकलाई पक्राउ गरेका छन। सिरहाको ठाडी भन्सार र इनर्वा बाट खटिएको प्रहरी टोलिले चेक जाँच गर्ने क्रममा प्रदेश-२,०१-००१ प ३४७१ नम्बरको मोटरसाइकलमा भारतबाट लुकाई छिपाई गरि नेपाल भित्रीयाई रहेको अबस्थामा दुई युवालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा सिरहाको भगवानपुर गाउँपालिका वडा. ५ को २१ वर्षीय मुकेश कुमार र सोही ठाँउ बस्ने २५ बर्शिय सन्जय कुमार यादव को साथबाट प्रतिबन्धित लागु औषध डाइलेक्स डि सि – १५ बोतल , डाइजिल्याप -१८ एम्पुल , र्प्रोमे थिन हाइड्रइड -१८ एम्पुल, नोरफिन-१९ पिस र नाइट्रोभेट -३० पिस लागुऔषध सहित पक्राउ गरेका छन । पक्राउ परेका दुबै जना र मोटरसाइकल कार्बाही तथा थप अनुसन्धान को लागि ईलाका प्रहरी कार्यालय लहान मा राखिएको जिल्ला प्रहरी कार्यालय सिरहाको सूचना अधिकारी अपिल राज बोहराले बताए ।

प्रतिक्रिया दिनुहोस

मेयर चौधरीद्वारा छुट ...

ओम प्रकाश यादव लहान, पुष ६ । लहान नगरपालिकाका मेयर महेश चौधरीले नगरपालिकाको तर्फबाट वडा नम्बर– ...

आशा किरण केन्द्रको १ ...

वीरगंज ६ पौष । नेशनल मेडिकल कलेज प्रा. लि. र आशा किरण केन्द्रबीच औपचारिक सम्झौता हस्ताक्षर गरिए ...

नवराजपुरमा एनसीसी क् ...

रहमुल, लहान ६ पुस । सिरहाको नवराजपुर गाउँपालिका वडा न.४ स्थित जनता नमुना प्राविधिक धार माध ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१