ताजा समाचार

कमला बचाउ अभियान र पैरवी मंच द्वारा उदगम स्थल अनुगमन फोटो सहित

  • मंसिर ८, २०७६
  • १७६० पटक पढिएको
  • नरेश बर्ब्रिया
alt

नरेशचन्द्र बरबरिया मंसिर ८ गते । कमला बचाउ अभियान शनिबार पनि निरंतरता पाएको छ । कमला बचाउ अभियान  साप्ताहिक रूप प्रदान गर्दै कमला नदीको मुहानसम्मको अवलोकन, निरीक्षण कार्य शनिवार सम्पन्न गरेका छन । सिन्धुलीको कमलामाई नगरपालिका वार्ड-८ कमला नदीको उद्गम स्थल (मुहान ) मानिने उक्त ठाउँको निरिक्षण अवलोकन गर्न अभियानीहरू त्यहाँसम्म नदीको भविष्य, बचाउका प्रयास बारेका तहगत नरीक्षणार्थ त्यहाँसम्म पुगेका हुन। कमला बचाउ अभियान तथा सामुदायिक विकास तथा परवी मंच नेपालको आयोजनामा भ्रमण कार्य्रकममा कमला बचाउका उपयुक्त प्रयास तथा आगामी रणनीतिबारे विमर्श समेत सम्पन्न गरेका थिए। सहभागी विभिन्न जिल्लाका भ्रमणकर्ताहरूको सहभगितामा उक्त अवलोकन, निरिक्षण कार्य सकिएको हो।

सिरहा जिल्ला समन्वय समितिका अध्यक्ष रामचन्द्र ठाकुरको प्रमुख अतिथि रहेको उक्त कार्य्रकममा सहीद नगरपालिका प्रमुख उदय बरबरिया कमला बचाउ अभियानका संयोजक बिक्रम यादव, पौरवी मंच नेपालका अध्यक्ष नागदेव यादव, मानव विकास केद्रका निर्देशक कुंदन झा, अधिकृत नन्द कुमार झा, सहीद नगरपालिकाकी उपमेयर शिला देवी कॉपर लगायतका अन्य व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।

 

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤