ताजा समाचार

सिरहाको चौधरी आँखा अस्पतालमा कोर्नियाको कार्यक्रम सम्पन्न

  • मंसिर ७, २०७६
  • १६०३ पटक पढिएको
  • सिराहा टाइम्स
alt

महेश सिंह ,सिरहा ७ मंसिर नेपालमा एउटा छुट्टै इतिहास बोकेरका सागरमाथा चौधरी अँखा अस्पताल लहानले नेपाल र भारमा एउटा छुट्टै पहिचान बोकेका छन् । नेपाल र भारतको बिरामीहरुको घुइँचो लागेको छ्। पछिल्लो केही वर्षदेखि आँखाको कोर्नियामा देखिने समस्यालाई सहज तरिकाले उपचार गर्ने उद्देश्यले सिरहाको लहानस्थित सगरमाथा चौधरी आँखा अस्पताल लहानले कोर्निया सम्मेलन गरेको छ । एशियाकै ठूलो सगरमाथा चौधरी आँखा अस्पताल लहानले दशकौंदेखि आँखाको रोगीहरुलाई उपचार सेवा दिइरहेको छ । अस्पतालमा दैनिक झण्डै दुई हजारको हाराहारीमा आँखाको रोगीहरु उपचार गराइरहेको छ । आँखाको संवेदनशीलतालाई मध्यनजर गर्दै सहज उपचार विधि अपनाउनको लागि युगाण्डा, बेलायतका विषय विशेषज्ञ सहित नेपाल नेत्र ज्योति संघका अध्यक्ष प्राध्यापक डाक्टर चेतराज पन्थी लगायत अधिराज्यभरिका आँखा उपचारमा संलग्न विषय विशेषज्ञहरुको उपस्थिति रहेको छ । सगरमाथा चौधरी आँखा अस्पतालले आँखा सम्बन्धी हुने सबै समस्यालाई उपचार गरिरहेको भए पनि कोर्नियामा हुने समस्याको संवेदनशीलता हेरेर सहज तरिकाले उपचार गर्नको लागि सम्मेलनको आयोजना गरिएको अस्पतालका प्रबन्धक अभिषेक रोशनले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤