Siraha Times
ताजा समाचार

झाँक्रीको हत्या अभियोगमा संलग्न ५ जना पक्राउ

  • मंसिर २, २०७६
  • १०४१ पटक पढिएको
  • नरेश बर्ब्रिया
alt

सिरहा ।
जिल्ला प्रहरी कार्यालय सिरहाले भारतीय झाँक्री हत्या अभियोगमा पक्राउ परेका पाँच जनालाई सोमबार सार्वजनिक गरेको छ ।
भारत विहार ४० वर्षीय धामी (झाँक्री) राज कुमार यादवको हत्या अभियोगमा पक्राउ परेका सिरहा कर्जन्हा नगरपालीका घरभई हाल धनगढीमाई नगरपालिका–१० मा बस्दैआएका ३८ वर्षीय फूलगेन साह, सोही नगरपालिका– ११ का १९ वर्षीय रामकुमार साह, मिर्चैया नगरपालिका – ४ का २० वर्षीय जितेन्द्र साह, धनुषा कमलामाई नगरपालीका– ६ सखुवामडानका २५ वर्षीय अजयकुमार महतो र २१ वर्षिय राजलाल महतोलाई प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको हो । 
 

यादवको शव कात्तिक २१ गते विहान सिरहा नगरपालिका १२ सारस्वरस्थित कमला नदीको पूर्विकिनारमा फेला परेको थियो । भारतीय प्रहरीको समन्वयमा उनको पहिचान खुलेको जनाइएको छ ।

 

भारत घर भएका धामी यादव फुलगेन साहसँगको चिनाजानीमा सिरहा र धनुषामा झारफुकको काम गर्दै आएको थियो । फुलगेनसँग लेन देनसमेत रहेको यादव यसक्षेत्रमा झारफुकको नामा अनैतिक कृयाकलाप पनि गर्ने गरेकाले हत्या भएको हुन सक्ने प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय सिरहा प्रमुख एसपी उमाप्रसाद चतुर्वेदिले जानकारी दिए ।


उनले भने, ‘घटना अनुसन्धानको क्रममा झाँक्री यादवले झारफुक गरको विरामी निको पनि नहुने र जहाँ गायो त्यही अनैतिक व्यहार देखाउने गरेकोले हत्यासम्मको योजना बनेको देखिएको छ । हाम्रो अनुसन्धान अझै जारी छ ।’
धामी यादवले छोरीको विवाहमा फूलगेनसँग ८५ हजार रुपयाँ सापटी लिएको र उक्त रुपयाँ फिर्ता मागेपछि उनीहरुवीच मनमोटाव भएको बताइन्छ । त्यही रकम फिर्ता मागेपछि फूलगेनकै हत्या गर्ने षडयन्त्र गरेको फूलगेनले चाल पाएपछि धामीबाट पीडितहरुलाई भेला गरी फूलगेनले नै यादवको हत्या योजना बनाएको प्रहरीको भनाइ छ । 

योजना अनुसार नै फुलगेनले कात्तिक २० गते लहानमा मेरो सासु विरामी छ भन्दै धामी यादवलाई बोलाई सिरहा सदरमुकाम पुर्याको प्रहरीले बताए । त्यहाँबाट विभिन्न बाहाना बनाउँदै सिरहा नगरपालिका– १२ सारस्वरमा कमला नदीको पूर्वीकिनारमा धारिलो खुकुरी प्रहार गरी हत्या गरेको एसपी चतुर्वेदीले बताए । 

घटना भएको भोलिपल्ट विहान ८ बजेमात्र स्थानीयले जानकारी अनुसार प्रहरी घटनास्थल पुगेको थियो । प्रहरीको अनुसन्धानबाट पहिला फुलगेन पक्राउ परेका थिए । फूलगेनकै बयानको आधारमा हत्यामा संलग्नहरुलाई पक्राउ गरेको प्रहरीले बताएको छ । 

प्रहरीका अनुसार मृतक यादवको झोला धनगढीको एक पोखरीबाट बरामद गरेको जनाएको छ । हत्यामा प्रयोग भएको खुकुरीपनि प्रहरीले बरामद गरेको छ ।

प्रतिक्रिया दिनुहोस

सरस्वती नदीको उद्गगम ...

विनोद अविरल,लहान, साउन ३१ । सिराहा जिल्लाको लहान नगरपालिका–१३, गणेशपुरस्थित धार्मिक, सांस्कृति ...

एक महिलाले सुरु गरेक ...

लहान साउन ३१ । परिवर्तनका लागि सधैं ठूलो बजेट, ठूलो संस्था वा ठूलो अभियान चाहिँदैन। कहिलेकाहीँ एउटा ...

कृष्णनगर भन्सारले वा ...

कपिलवस्तु, साउन ३१ ।  लुम्बिनी प्रदेशको कपिलवस्तु जिल्लाको ठूलो  भन्सार नाका कृष्णनगर भन्स ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१