ताजा समाचार

कमला बचाउ अभियानलाई निरंतरता दिदै धनुषाको पोर्ताहामा बृक्षा रोपन

  • मंसिर १, २०७६
  • १०७४ पटक पढिएको
  • नरेश बर्ब्रिया
alt

नरेशचन्द्र बरबरिया धनुषा ,मंसिर १ गते ।कमला बचाउ अभियान अन्तर्गत गणेशमान चारनाथ नगरपालिका पाेर्ताहा लवटाेलीमा वृक्षारोपण गरिएको छ ।

प्रत्येक हप्ताको शनिबार हुने कार्यक्रमलाई(शनिबार )पनि निरंतरता दिएको छ ।शहिदनगर नगरपालिकाकाे मेयर उदय कुमार बरबरियाको प्रमुख आतिथ्य एवम् गणेशमान चारनाथ वडा न.८का वडा अध्यक्ष रितेश सिंहको अध्यक्षतामा भएको कार्यक्रममा बृक्षा रोपन तथा अनुगमन गरिएको थियो ।

कमला बचाउ अभियानी तथा सहिदनगर नगरपालिकाका मेयर उदयकुमार बरबरियाको विशेष उपस्थितिमा भएको बैठकमा प्रथम वार्षिकोत्सबको समिक्षा गर्दै वार्षिकोत्सबमा सहभागि सम्पूर्णमा धन्यबाद ज्ञापन गरेका थिए ।

पूर्व पश्चिम राजमार्गको कमला पुल नजिक रहेको स्वर्गद्वारीमा कमला बचाउ अभियन्ताहरुको शनिबार बैठक बसेको थियो । यस्तै अगामी दिनमा समेत कमला बचाउ अभियानलाई सार्थक तथा राष्ट्रिय अभियानको रूपमा अगाडी बढाउने मेयर बरबरियाले बताए ।

यस्तै कमला बचाउ अभियानका अध्यक्ष विक्रम यादवले कमला बचाउ अभियानको अभिप्रायबारे सर्वासधारणहरुमा जनचेतना फैलाउन सके अभियान झन बलियो हुने विश्वास व्यक्त गरे ।

अभियान सुरु सुरुमा केही व्यक्तिहरुलाई सहभागी गराएर स्वेच्छाले गरिएपनि अहिले सयौंको सँख्यामा आफूखुसी अभियानमा लागेको बताए । उनले भने , - "यो अभियान व्यक्तिगत वा राजनीतिक होईन, कमला नदी संरक्षण गर्न सके यसबाट हुने फाईदाको अनुमान लगाउन पनि गाह्रो हुन्छ ।" साप्ताहिक कार्यक्रममा अभियानी एवम् युवा नेता महेश लाल यादव, अभियानका उपाध्यक्ष सुरेन्द्र यादव, सचिव विनोद महरा, अभियानीहरू राजकिशोर सहलैता, रूपेश विराजी, आशुतोष यादव र स्थानीय नागरिक समाज लगायतका उपस्थित रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤