मुलुकै कान्छो एवम् शहिदनगर नगरपालिकाका मेयर उदय कुमार बरबरिया (यादव) ले "कमला बचाउको लागि बिडा उठाएको छु, मिशन छ, भिजन छ हामीसँग एक ठोस परिणाम दिन्छौ अन्तिम साँस बाँकी रहेसम्म पनि कमला नदीको ऐतिहासिक अस्तित्व पुनः स्थापित गर्ने बताएका छन् ।
कमला बचाउ अभियानमा नगरका मेयर सहित कमला अभियानीको रुपमा सक्रियता देखाएका मेयर बरबरियाले कमला नदीको पौराणिका अस्तित्वलाई रक्षा गर्न स्थानीय सरकारको हैसियतले कुनै कसर बाँकी नराख्ने बताउँदै उनले पुर्खाहरुले माता समान मान्दै आएको कमला नदीको पौराणिक पहिचानलाई पुनः स्थापनाको लागि वाचा गरिसकेकोले अन्तिम साँस बाँकी रहेसम्म प्रयास नछाडने बताएका हुन् । कमला बचाउ अभियानको प्रथम वार्षिकोत्सवमा व्यवस्थापनको सम्पूर्ण जिम्मेवारी उठाएका मेयर बरबरियाले केही वर्षमै कमलाको पहिचान स्थापित हुँदै सर्वसाधारणले महसुस गर्न सकिने दाबी गरे ।
सिन्धुलीको महाभारत पर्वतबाट जलायमान भएकी कमला नदी हिन्दु धर्मावलम्बीहरुको लागि एक पहिचान र धार्मिक अस्तित्व बोकेको ऐतिहासिक नदी रहेको बताउँदै उनले धर्मभन्दा पनि तराई मधेशका जनताको लागि संजीवनीको रुपमा रहेको बताएका छन् । उनले भने, - "कमला नदीको पानी जहाँ जहाँबाट प्रवाह हुन्छ त्यहाँ त्यहाँ सुन फल्छ । यहाँ धनुषा र सिरहाको जनताले मात्र होईनन कमला नदीको पहिचानले देश र छिमेकी मुलुक भारत पनि भिज्ञ छन् । कमला नदीको आफ्नो पहिचान छ , भारतमा प्रवेश गरे लगत्तै माताको संज्ञा दिएको हामीले विर्सनु हुँदैन । किसानको लागि अन्नदायनी पनि हुन कमला ।"
कमला नदीलाई संरक्षण गरी धनुषा र सिरहाको तटमा वृक्षारोपण गर्न सके दुवै जिल्लाका सर्वसाधारणले प्राणवायू उपभोग गर्न पाउने जनाउँदै दिनानुदिन कमला नदीमा बढदै गएको बालुवाको सतहलाई नियन्त्रण गर्न नसके निकट भविष्यमै कमलाको अस्तित्व हराउने औल्याए ।मेयर बरबरियाले केन्द्र सरकारमा आफू स्वयंम कमला नदीको अस्तित्व बचाउन गर्नुपर्ने प्रयास, योजना र बजेट बारे निवेदन लिएर जाने बताए । "केन्द्र सरकार र प्रदेश सरकारले नगरेपनि ऐतिहासिक कमला नदी शहिदनगरको पनि केही भूभाग छोएकोले शहिदनगरलाई पनि पवित्रता प्रदान गरेको छ । यसको बेग्लै इतिहास छ , यसको ईतिहास जोगाउन हामी सबैको कर्तव्य हो । आऔं, सबै मिली कमलाको अस्तित्व जोगाऔं ।"- उनले भने |
धनुषा र सिरहा जिल्लाको कमला किनारका स्थानीय तहका जनप्रतिनीधिहरुले मात्र चाहे कमला नदीको दुवै तर्फ डयाम बनाउन सकिने योजना औल्याउँदै उनले प्रदेश सरकार र केन्द्र सरकारले सहयोग गरे आफू स्थानीय सरकारको हैसितले कुनै कसर बाँकी नराख्ने दाबी गरे । -
कमला नदीको दुवै तर्फ वृक्षारोपण सहित वन लगाउने, बगर खेतीको लािग उत्तम योजना ल्याउने, कमला किनारका किसानहरुको लागि नील गाई, वनसुँगुरवाट मुक्तिको लागि दीर्घकालिन योजना ल्याउने, बालुवामा पनि खेती गर्ने प्रविधिलाई आत्मसात गर्ने, पौराणिक मान्यता कार्तिक पूर्णिमाको मेला र जनविश्वासलाई झन बलियो बनाउने जस्ता कार्यक्रमलाई आत्मसात गर्न सके अभियान सफल हुने विश्वास व्यक्त गरे ।साभार : न्यूज ब्यूरो
प्रतिक्रिया दिनुहोस
मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१
मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१
Copyright © 2016 / 2024 - Sirahatimes.com All rights reserved
Website By : Hash Tech Logic