ताजा समाचार

मधेशमा सामा चकेवा रौनक सेलाइयो

  • कार्तिक २८, २०७६
  • १०४५ पटक पढिएको
  • सिराहा टाइम्स
alt

महेश सिंह , सिरहा ,२८ कार्तिक - मदेश क्षेत्रका थारु समुदायले धुमधामका साथ समाचकेवा पर्व मनाएका छन् । बुधबार लहान नगरपालिका १८ भदैयामा वडा स्तरीय प्रथम समा चकेवा महोत्सवमा भेला भएका थारु समूदायले यो पर्व मनाएका हुन् । थारु समुदायका दिदी–बहिनीहरुले दाजु भाइको दीर्घायूको कामना गर्दै समाचकेवा पर्व मनाउने पर्छन् । उनीहरुसँगै तराइमा बसोबास गर्ने अन्य समुदायले पनि दिदीभाइको पर्व समाचकेवालाई उत्साहका साथ मनाएका छन् ।सबै जातजातिहरुको आ(आफ्नै किसिमका मौलिक परम्परा र संस्कृतिहरु रहेका छन्। संस्कृति तथा सभ्यताका धनी मानिने आदिवासी जनजाती थारुहरुको पनि आफ्नो अलगै किसिमको मौलिक परम्परा र संस्कृतिहरु रहेको छ। जसमा ‘समा चकेवा’ पनि एक हो। यो पर्व कार्तिक द्वितिया तिथिदेखि प्रारम्भ भएर शुक्ल पक्ष पूर्णिमाको तिथिसम्‍म मनाउने परम्परा रहिआएको छ।

यसमा समा र चकेवाको प्रतिकको रुपमा राजकुमार ‘चक्रवाक’ र राजकुमारी ‘समा’ तथा अन्य सदस्यहरु जस्तै मिर्दङगिया, झाइलबाला, नटुवा, तितिर, झाँझी कुकुर, भमरा रञ्जित, सतभैया ईत्यादिलाई माटोले उनिहरुको आकृति बनाई डलामा राखेर घर आँगनमा गीत गाइ गाइ घुमाई खेल्ने गर्छन्। यो खास किसिमको व्रत, उपवास र चाँड पर्व होइन। यसलाई एउटा परम्परा, चलन तथा सखी बहैनपा सहित मनोरञ्जन माध्यमको रुपमा लिने गर्दछन्। प्रदेश २ सिरहा निर्वाचन क्षेत्र नम्बर १ क का प्रदेश सभा सदस्य लगन लाल चौधरीको पमुख अतिथि र प्रथम वडा स्तरी समा चकेवा महोत्सव २०७६ मुल समारोह समितिका अध्यक्ष शिव नारायण चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा वडा भरीका ६ वटा समुहमा बाजाँ गाजा सहित कार्यक्रममा सहभागी भएका थिए । कार्यक्रममा थारु मौलिक झँिकने थारु गित ८० वर्षिय डोमि चौधरी प्रस्तुत गर्नु भएको थियो भने कार्यक्रममा स्वागत राम प्रसाद चौधरीले गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤