ताजा समाचार

कल्याणपुरमा कार्तिक कुम्मर महोत्सव सम्पनन, पहलमानी हेर्न हजारौको भिड

  • कार्तिक २७, २०७६
  • ११२६ पटक पढिएको
  • सिराहा टाइम्स
alt

संजय विश्वकर्मा लहान २७ कार्तिक । सिरहाको कल्याणपुर नगरपालिका वडा नं. ४,५ र ६ को संयुक्त आयोजनामा तिन दिने कार्तिक कुम्मर महोत्सव सम्पनन भएको छ । महोत्सवको पहिलो दिनमा विशाल कलश यात्रा प्रदर्शन भएको थियो भने दोस्रो दिन भुतमेला , पहलमानी , सामाचकेवा प्रतियोगीता , स्थानिय संस्कृति भल्खिने खालका सांस्कृतिक कार्याकमहरु भएको महोत्सब आयोजक मुल कमिटिका अध्यक्ष प्रमोद यादबले जानकारी दिनुभयो । उहाँका अनुसार मंगलवार कार्तिक पूर्णिमाका दिन कमला स्नान गर्न यस वर्ष पनि लाखौं श्रद्धालु सिरहा–धनुषा जिल्ला को सिमाना रहेको कमला नदिमा स्नान गर्न पुगेका छन् । धामीझाँक्रीहरु हातमा माटोको ढकनामा आगो बालेर भगत खेल्दै कमला नदि पुग्ने गरेको हुनाले यसलाई भुत मेला पनी भन्ने गरेको महोत्सब कमिटिका सल्लाहकार कल्याणपुर नगरपालिका वडा नं. ६ का कुशेश्वर साहले जानकारी दिनुभयो । सल्लाहकार साहका अनुसार कमला बचाउ अभियान अन्तर्गत महोत्सबमा भएको फोहर संङ्गकलन गर्नका लागी स्थानियहरु सक्रिय रहेको भन्दै बिभिन्न संघ संस्थाको सहयोगमा सरसफाई कार्यक्रम पनि भैरहेको उनले बताए । हिजो भएको पहलमानी खेलको उदघाटन गर्न पुगेका कल्याणपुर नगरपालिकाको मेयर सुर्यनाथ मण्डल ले भने कमला नदिमा लाग्ने पुर्णीमा मेलाको आफनै पुरानो ईतिहास भएकाले यसलाई संरक्षण गर्न नगरपालिका पछाडी नहटने प्रतिबद्धता ब्यक्त गरे । पहलमानी खेलमा भारतको दिल्ली , हरियाना , बिहार, राजस्थान , बाट खेलाडीहरु आएका थिए भने नेपालको नबलपरासी , पर्सा , सप्तरी लगायतको स्थानबाट खेलाडीहरु आएको आयोजकले जनाएको छ । मेला हेर्न सिरहा, सप्तरी , धनुषा, सप्तरी, महोत्तरी र सर्लाहीबाट लाखौं श्रद्धालु भक्त कमला नदीमा आउने गर्छन् । कार्तिक पूर्णिमाको दिन कमला स्नान गरेपछि तान्त्रिक विद्यामा सिद्धि प्राप्त हुने जनविश्वास रहेको छ ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤