मानवको चेतनामा विकास हुनु जरुर छ : प्रदेश सभा सदस्य चौधरी

  • कार्तिक २७, २०७६
  • १९५३ पटक पढिएको
  • सिराहा टाइम्स
alt

महेश सिंह ,२६ कार्तिक । विकासको क्रममा सबभन्दा पहिला मानव विकास हुनु जरुर छ । सिरहाको धनगडीमाई नगरपालिका १ बाखरमा रहेको जनभावना बचत तथा ऋण सहकारी संस्था लि को सातौं वार्षिक साधारण सभामा प्रदेश सभा सदस्य लगन लाल चौधरीले यस्तो बताएका छन । भौतिक विकास, सडक विकास वा अन्य गर्नु भन्दा पहिला मानवको विकास हुनु जरुर देखिन्छ किनकी भौतिक विकास भयो त्यसमा सुख बिलास गर्न मनव चाहिन्छ सडक विकास भयो भने त्यसमा हिडन मानव चाहिन्छ । प्रमुख अतिथिको आसनबाट सभा सदस्य चौधरीले भनु भयो “समाजिक विकास गर्न सहकारीको महत्वपुर्ण भुमिका रहेको औल्यानु भयो । घर घरमा पुगी सेवा प्रदान गर्ने एक मात्र सेवा प्रदाय संस्था सहकारीलाई लिन सकिन्छ । बैंकिंग कारोबार सम्म पहुच नपुगेका निमुखा जनताहरुको बैकसम्म पहुच पुरयाउने माध्यम नै सहकारी हो वहाँले भनु भएको छ ।

कार्यक्रममा सहकारीका कोषाध्यष नारायण यादवले वर्ष भरीको आय व्यय प्रगति प्रतिवेदन विवरण प्रस्तुत गर्नु भएको थियो । कार्यक्रमा धनगडीमाई नगरपनलिका १ का वडा अध्यक्ष सुर्यनारायण महतो, वडा २ का वडा अध्यक्ष तारणी प्रसाद चौधरी, ११ का वडा अध्यक्ष गंगाराम यादवको उपस्थिती रहेको थियो । नेपाली कांग्रेसका नेता सुर्य नारायण यादव,राम जानकी कृषि सहकारी संस्था लि छपराडीका प्रतिनिधि सुभाष साह, गणपति कृषि सहकारी संस्था लि छपराडीका अध्यक्ष सगम लाल साह, श्रमजिवी बचत तथा ऋण सहकारी संस्था लि का कर्मचारी राजन क्षेत्री कुवरले शुभकामना मन्तव्य दिनु भएको थियो ।

सहकारीका अध्यक्ष भोगेन्द्र यादवको अध्यक्षतामा सम्पन्न भएको थियो । अध्यक्ष यादवले कार्यक्रम बिच सहकारीमा जम्मा ४ सय ५० जना सदस्य र अब सहकारीले बचत तथा ऋण कारोबार मात्रै नगरी फरक किसिमको कार्यक्रम संचालन गर्ने कार्यक्रम बिच बताउनु भएको थियो । कार्यक्रममा असल बचत कर्ता ७ जना, असल ऋण्ी ७ जना, बृद्ध बृद्धा २ जना र एक जना बिधार्थीलाई प्रमुख अतिथि चौधरीको हातबाट कार्यक्रम बिच समान गर्नु भएको थियो भने कार्यक्रम संचालन सहकारीका उपाध्यक्ष शम्भु चौधरीले गर्नु भएको जानकारी सहकारीका सदस्य नन्दीलाल चौधरीले दिनु भएको छ ।

प्रतिक्रिया दिनुहोस

लहान–४ मा जनसागर: पर ...

लहान फागुन ६ । सत्य नारायण यादवको नेतृत्वमा लहान नगरपालिका–४ मा सञ्चालन गरिएको घरदैलो अभियानमा ...

पुल निर्माणको पहल : ...

लहान फागुन ६ । शिव उदगार यादव (शिवा), अध्यक्ष नवराजपुर गाउँपालिका, ले वडा नं. १ तामासुईया गाउँको उत् ...

प्रहरी चौकी पथलैयाका ...

रंजित चौरसिया,वीरगंज ६ फागुन । प्रहरी चौकी पथलैयाका ईन्चार्ज प्रहरी बरिष्ठ नायब निरीक्षक रुपेश थपलिय ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१