सिरहामा लागूऔषधसहित तीन युवा प्रहरीको नियन्त्रणमा

  • कार्तिक २५, २०७६
  • १९३४ पटक पढिएको
  • सिराहा टाइम्स
alt

बिनोद अधिकारी ,२५ सिरहा । सिरहाको बरियारपट्टी गाउँपालिका १ कचनारीबाट लागूऔषधसहित तीन युवालाई प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी चौकी कचनारी सिरहा कार्यालय बरियारपट्टीबाट खटिएको प्रहरी टोलीले चेक जाँच गर्ने क्रममा BR32 U4799 नम्बरको मोटरसाइकलमा आउँदै गरेको मोरङ भिक्ला जुङ गाउँपालिका ७ का १८ वर्षीय रोशन खड्का, सोही ठाँउ बस्ने ३० वर्षिय गोबिन्द नेपाल र भारत मधुबनी जिल्ला खुटौना फुलपरा धर्मौनाका १८ वर्षिय मो. रियाजको साथबाट नेपालमा प्रतिबन्ध औषधि नाइटरोभेट १४ पता, स्पासो ५ पता र गाँजा १० ग्राम सहित पक्राउ गरेको हो । पक्राउ परेका तीनै जना र मोटरसाइकललाई आबश्यक कार्बाही तथा थप अनुसन्धानको लागि ईलाका प्रहरी कार्यालय महेश्पुर पतारमा राखिएको प्रहरीले जानकारी दिईएको छ ।

 

प्रतिक्रिया दिनुहोस

सितापुर स्वास्थ्य चौ ...

लहान कात्तिक १८ । लक्ष्मीपुर पतारी ६ स्थित सितापुर प्र.ध. का स्वास्थ्य चौकीभित्र सेवा लिन आउने बिराम ...

सुखिपुर ८ महदेवाको स ...

शम्भु चौधरी लहान, १८ कार्तिक । सुखिपुर नगरपालिका ८ महदेवा गाउँमा समा चकेवा महोत्सव २०८२ को तयारी पुर ...

सखुवान्नकारकट्टीमा ५ ...

लहान, १८ कार्तिक । सखुवान्नकारकटटी गाउँपालिका स्थित मनेलाल माध्यमिक विद्यालय, सोठियाइनमा आज एक विशेष ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१