ताजा समाचार

मिचिएको भूमि फिर्ता गर्न चीनविरुद्ध पनि प्रदर्शन

  • कार्तिक २३, २०७६
  • १२७६ पटक पढिएको
  • नरेश बर्ब्रिया
alt

काठमाडौँ । चिन र भारतले नेपालका विभिन्न जिल्लामा भूभाग मिचेको भन्दै मौलिक जरोकिलो पार्टीले कोणसभामार्फत विरोध प्रदर्शन गरेको छ । पार्टीले आज काठमाडौँको गोंगबुमा कोणसभा गरी मिचिएका भूभाग फिर्ता ल्याउन सरकारसँग आग्रह गरेको हो । पार्टी प्रवक्ता लीला बहादुर बानियाँले चीनले चार जिल्लाका भूभाग र भारतले हालसालै नयाँ दिल्लीबाट प्रकाशित भारतको नक्सामा दार्चुला जिल्लाको कालापानी, लिपुलेक लिम्पियाधुरी क्षेत्रका नेपाली भूभाग गाभेकाले विरोधमा उत्रिएको बताए । मिचिएका भूभाग फिर्ताको लागि आवश्यक पहल गर्न सरकारलाई दवाव दिन कोणसभा आयोजना गरिएको उनको भनाइ छ । नेपाललाई कुनै जानकारी नगराईकन सन् २०१५ मा भारत र चीनले नेपाली भूमि लिपुलेकलाई भारत र चीन विचको द्धिपक्षीय सिमाना व्यापारिक केन्द्र बनाउने सम्झौतामा हस्ताक्षर भयो। यो नेपालको सार्वभौमिकसत्ता माथिको ठाडो हस्तक्षेप भयो।’ उनले चीनले पनि चार जिल्लाका भूभागमा हस्तक्षेप गरेको भन्दै आपत्ति जनाए । उनले भने –‘उत्तर तिरको छिमेकी देश चीनबाट पनि नेपालसंग सिमाना जोडिएका ४ वटा जिल्लाका ११ ठाउँमा नेपाली भूभाग अतिक्रमणमा परेको कुरा नेपालका सिमाविज्ञहरूले नेपाल सरकारलाई बुझाएको प्रतिवेदनले देखाउँछ। छिमेकी मुलुकहरूबाट नेपाली भूमि बारम्बार अतिक्रमित भईरहँदा नेपालको सत्तासीन राजनीतिक नेतृत्वहरू र उच्च प्रशासनिक व्यक्तित्वहरू चुप रहनु वा यसको समाधानको लागि राष्ट्रि नीति बनाएर स्थायी समाधानको लागि कुनै पहलकदमी नहुनु अत्यन्त दुःखद पक्ष हो।’ जरो किलो पार्टीले चीन र भारत दुवै छिमेकी मुलुकसँग सौहार्दपूर्ण कुटनीतिक पहलकदमी अगाढी बढाउनु पर्ने सहभागीले धारणा राखे । नेपाल सरकारलाई दवाव दिन र छिमेकीहरूको सिमाना प्रवृत्तिको विरोध गर्नको लागि, नेपाली भूमिको सुरक्षाका लागि, नेपालको सार्वभौमसत्ता, स्वाधिनता र राष्ट्रिय अखण्डताको सुरक्षाको लागि सबै एक हुुनुपर्ने सहभागीहरुको धारणा थियो ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤