Siraha Times
ताजा समाचार

कमला बचाउ अभियानको वार्षिकोत्सव सहित भव्य रुपमा मेला लाग्ने

  • कार्तिक २३, २०७६
  • १८५४ पटक पढिएको
  • नरेश बर्ब्रिया
alt

 

नरेशचन्द्र बरबरिया
सिरहा,कार्तिक २३ गते ।

कमला बचाउ ,र्पयावरण जोगाउ ,भुमि बंजर होवसँ बचाउ सव मिलके चुरे जोगाउ मुल नाराका साथ 
कमला बचाउ अभियानको प्रथम बार्षिकोत्सवको पुर्व तयारीका लागि सिरहामा अन्तरक्रिया गरिएको छ ।धनुषा र सिरहा जिल्लाको सीमाको रुपमा रहेको ऐतिहासिक कमला नदीमा यसपाली कमला बचाउ अभियानको वार्षिकोत्सव सहित भव्य रुपमा मेला लाग्ने भएको छ । सिरहाको चिकना घाट सामुन्ने रहेको धनुषाको रामघाटमा आयोजना हुन लागिएको कमला बचाउ अभियानको प्रथम वार्षिकोत्सवको अवसरमा देशविदेशका दिग्गज जलपुरुष, जल अभियानीहरु आउने भएका छन् । धनुषाको शहिदनगर नगरपालिकाको व्यवस्थापन तथा कमला बचाउ अभियानको आयोजनामा कमला नदीमा कार्तिक पूर्णिमा अर्थात कार्तिक २६ गते भव्य कार्यक्रमको आयोजना गरिएको हो । 

कमला बचाउ अभियानका अगुवा एवम् सँयोजक विक्रम यादवको पहलमा मनाउन लागिएको प्रथम वार्षिकोत्सवमा विभिन्न साँस्कृतिक कार्यक्रम सहित भारत, बँगलादेश लगायत अन्य देशबाट आउने अतिथिहरुलाई स्वागत सत्कार एवम् सुरक्षाको लागि पूर्वतयारी बैठक समेत सम्पन्न गरिएको हो । शुक्रबार सिरहामा बसेको बैठकबाट मेला व्यवस्थापन, अतिथि व्यवस्थापन, श्रद्धालु व्यवस्थापन, सुरक्षा व्यवस्थाको बारेमा गहन छलफल गरिएको हो । 

 

धार्मिक,सांस्कृतिक,पर्यटकीय एवं जल संचय,संरक्षण गर्ने पवित्र उद्देश्यले स्थापित कमला बचाउ अभियानको प्रथम वार्षिक महोत्सवको लागि पुर्व तयारी भइरहेको छ ।

सिरहा नगरपालिकाका नगरप्रमुख अशेश्वर प्रसाद यादवको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी गोपाल अधिकारी,धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेल,धनुषाका प्रहरी उपरीक्षक शेखर खनाल,सिरहाका प्रहरी नायब उपरीक्षक अपिलराज बोहरा,धनुषाका सशस्त्र प्रहरी उपरीक्षक राजेश उप्रेती ,सिरहाका सशस्त्र प्रहरी उपरीक्षक प्रबिण कणेल,कमला बचाउ अभियानका संयोजक बिक्रम यादव,शहिदनगर नगरपालिकाका मेयर उदय कुमार बरबरिया ,कर्जन्हा नगरपालिकाका मेयर गंगा पासवान,बिष्णुपुर गाउँपालिकाका अध्यक्ष जागेश्वर यादव,जनकनन्दनी गाउँपालिकाकी उपप्रमुख भारती कार्की,विभिन्न वडाका वडा अध्यक्ष लगायत सञ्चारकर्मीहरुको समेत उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

खडक–५ बालमैत्री स्था ...

ओम प्रकाश यादव लहान, असार ११ । सप्तरी जिल्लाको खडक नगरपालिका वडा नं. ५ लाई औपचारिक रूपमा ‘बाल ...

खडक नगरपालिकाको १८औँ ...

ओम प्रकाश यादव लहान, असार ११ । “खडक नगरपालिकाको अभियान, समाजवाद उन्मुख आधार निर्माण” भन् ...

सीपमूलक तालिमपछि आत् ...

ओम प्रकाश यादव लहान, असार ११। सिरहाको लहान नगरपालिका वडा नम्बर ९ मा स्थानीय महिलाहरूको आर्थिक सशक्ति ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१