ताजा समाचार

टोल - टोलमा मानव अधिकार स्थापनाका लागि लोहनीको घरदैलो अभियान : हेर्नुस् फोटो फिचर सहित

  • कार्तिक १६, २०७६
  • १६२१ पटक पढिएको
  • सिराहा टाइम्स
alt

संजय विश्वकर्मा लहान १६ , कार्तिक । "एक घर एक मानव अधिकार " भन्ने मुल नारा सहित मानव अधिकारको क्षेत्रमा कृयाशिल संस्था अप्सन नेपाल काठमाडौका केन्द्रिय संस्थापक अध्यक्ष भोला प्रसाद लोहनीले टोल टोलमा घरदैलो अभियानको सुरुवात गरेको छ । मानव अधिकारबाट बन्चितिकरणमा परेका लक्षित वर्ग समुदायलाई मानव अधिकारमा पहुँच पुर्याउन सिरहा ,सप्तरी , सुनसरी लगायत पुर्वका प्रदेश नम्बर -१ र २ को विभिन्न जिल्लाको टोलहरुमा बस्ती मानव अधिकार निगरानी समूह गठन गरिरहेको छ । सोही कार्यक्रम अन्तर्गत महोत्तरी जिल्लाको रामनगर , सिरहाको लहान, मिर्चैया , सप्तरीको राजबिराज , धर्मपुर , बेल्ही , खरचुहिया लगायतको लक्षित बस्तीहरुमा निगरानी समुह गठन गरिसकेको अप्सन नेपालको सल्लाहकार एवम् संस्थापक समेत रहनु भएकी प्रमिला लोहनीले जानकारी दिनुभयो । प्रत्येक टोलमा सिहदरवार आईसकेको भएपनि दलित , गरिबको बस्तीमा हाल सम्म पनि अधिकार नपुगेका कारण निगरानी समूह मार्फत उनिहरुलाई जनचेतना समेत दिने गरेको अध्यक्ष लोहनीले सुनाए । अभियानका कारण पुर्वका अप्सन नेपाल जिल्ला शाखाहरु पनि सक्रिय भएको भन्दै उनले भने धनुषा जिल्लामा कार्तिक २० गते जिल्ला शाखाको साधारण सभा हुने जानकारी दिए । अप्सन नेपालले सिरहा जिल्लामा निस्वार्थ रुपमा राम्रो काम गरेको भन्दै जिल्ला अध्यक्ष मनिष कुशवाहा लगायतका जिल्लाका पदाधिकारीहरुले मानव अधिकारको अभियानता अध्यक्ष लोहनीलाई सम्मान समेत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤