टोल - टोलमा मानव अधिकार स्थापनाका लागि लोहनीको घरदैलो अभियान : हेर्नुस् फोटो फिचर सहित

  • कार्तिक १६, २०७६
  • १४४७ पटक पढिएको
  • सिराहा टाइम्स
alt

संजय विश्वकर्मा लहान १६ , कार्तिक । "एक घर एक मानव अधिकार " भन्ने मुल नारा सहित मानव अधिकारको क्षेत्रमा कृयाशिल संस्था अप्सन नेपाल काठमाडौका केन्द्रिय संस्थापक अध्यक्ष भोला प्रसाद लोहनीले टोल टोलमा घरदैलो अभियानको सुरुवात गरेको छ । मानव अधिकारबाट बन्चितिकरणमा परेका लक्षित वर्ग समुदायलाई मानव अधिकारमा पहुँच पुर्याउन सिरहा ,सप्तरी , सुनसरी लगायत पुर्वका प्रदेश नम्बर -१ र २ को विभिन्न जिल्लाको टोलहरुमा बस्ती मानव अधिकार निगरानी समूह गठन गरिरहेको छ । सोही कार्यक्रम अन्तर्गत महोत्तरी जिल्लाको रामनगर , सिरहाको लहान, मिर्चैया , सप्तरीको राजबिराज , धर्मपुर , बेल्ही , खरचुहिया लगायतको लक्षित बस्तीहरुमा निगरानी समुह गठन गरिसकेको अप्सन नेपालको सल्लाहकार एवम् संस्थापक समेत रहनु भएकी प्रमिला लोहनीले जानकारी दिनुभयो । प्रत्येक टोलमा सिहदरवार आईसकेको भएपनि दलित , गरिबको बस्तीमा हाल सम्म पनि अधिकार नपुगेका कारण निगरानी समूह मार्फत उनिहरुलाई जनचेतना समेत दिने गरेको अध्यक्ष लोहनीले सुनाए । अभियानका कारण पुर्वका अप्सन नेपाल जिल्ला शाखाहरु पनि सक्रिय भएको भन्दै उनले भने धनुषा जिल्लामा कार्तिक २० गते जिल्ला शाखाको साधारण सभा हुने जानकारी दिए । अप्सन नेपालले सिरहा जिल्लामा निस्वार्थ रुपमा राम्रो काम गरेको भन्दै जिल्ला अध्यक्ष मनिष कुशवाहा लगायतका जिल्लाका पदाधिकारीहरुले मानव अधिकारको अभियानता अध्यक्ष लोहनीलाई सम्मान समेत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस

सामाजिक सञ्जाल बन्दक ...

ओम प्रकाश यादव लहान भदौ २२ । सरकारले सामाजिक सञ्जाल बन्द गर्ने तयारी गरिरहेको चर्चा बीच यसको सम्भावि ...

वैश्य समाजको लागि सच ...

बिरेन्द्र प्रसाद नेपाल लहान, भदौ १८ । कमलापुरी वैश्य (बनिया) समाज नगर कार्यसमिति, लहानले हिन्दू धर्म ...

प्रेस मञ्च नेपाल मधे ...

ओम प्रकाश यादव लहान, १८ भदौ । जनता समाजवादी पार्टी (जसपा) नेपालको शुभेच्छुक संस्था प्रेस मञ्च न ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१