पानीको हिसाबले नेपाल संसारको दोस्रो धनी राष्ट्र : राष्ट्रियसभा सदस्य प्याकुरेल

  • कार्तिक १६, २०७६
  • २०६० पटक पढिएको
  • सिराहा टाइम्स
alt

रासिन्द्र यादव लहान १६ , कार्तिक । नेकपाको सरकार पानीलाई संरक्षण गर्न कुनै पनि कसर बाकी नराख्ने राष्ट्रिय सभा सदस्य सुमनराज प्याकुरेलले बताएका छन ।शुक्रबार नेपाल कम्युनिस्ट पार्टी बलानबिहुल गाउँपालिका र बोदेबरसाईन नगरपालिकाको संयुक्त आयोजनामा भएको दशै , दिपावली , छठ , ईद बकरईद को शुभकामना आदानप्रदान कार्यक्रममा यस्तो बताउनु भएको हो । प्रमुख अतिथिको आसन्नबाट बोल्दै उहाँले नेकपाको सरकारकै पालामा ठुल ठुला जलविद्युतको आयोजनाहरुको काम आगाडी बढी सकेको बताए । सरकारको प्रमुख आयोजनाको रुपमा सुनकोसी कमला डाईभर्सन प्राथमिकतामा रहेकोले किसानको समस्या यै सरकारको पालोमा पूरा हुने उनले ठोकुवा गरे । जलविद्युतको माध्यमले नेपाल सम्पन्न राष्ट्र हुने भएकाले छिमेकी मुलुक चाईना , भारत , बाङग्लादेश लगायतको मुलुकमा विद्युत बेच्न सकिने बताए । पानीको सदुपयोग गर्न छिमेकी मित्र राष्ट्रसंग सरकारले कतिपय सम्झौता गरिसकेको उनले जानकारी दिए । अर्को प्रसङ्गमा उनलेे भने नेकपा दुनियाँको ठूलो पार्टी हो अब आउने चुनावमा पनि नेकपालाई कसैले पनि परास्त गर्न नसक्ने दाबी गरे । मंसिर १४ गते हुने उपनिर्वाचनले यस्को चित्रण गर्ने भन्दै उनले भने पोखरामा नेपाली काङ्ग्रेस अन्य पार्टीसंग गठबंधन गरिरहेको बत्ताए । कार्यक्रममा नेकपाका केन्द्रिय सदस्य एबम सप्तरी जिल्ला ईन्चार्ज रामपृत पासमानले भन्नुभयो लोकतान्त्रिक ब्यबस्थामा राजनीतिक भ्रष्टाचार हुनुभएन । नेकपा भित्र ठुला वडा पुजिपतिलाई मात्र चुनावमा टिकट दिने परम्परा रहेमा पार्टी जुनसुकै बेला तल झर्न सक्ने बताए । पासवानले कम्युनिस्ट पार्टी सर्बहरा बर्गको उत्थान गर्ने पार्टी भएकोले राजनीति रुपमा भ्रष्टाचार नगर्न उच्च पदस्थलाई आग्रह गरे । बलानबिहुल गाउँपालिका वडा नम्बर -६ का वडा अध्यक्ष सुर्य कुमार दासको सभा अध्यक्षतामा संचालित शुभकामना अदान प्रदान कार्यक्रममा नेकपाका केन्द्रिय सदस्य एवम् जिल्ला अध्यक्ष अमर मण्डल , प्रदेश सदस्य छेदी रजक , प्रदेश सभा सदस्य रुबि कर्ण , शिक्षकको तर्फबाट दिनेश्वर प्रसाद यादव , पार्टीका सकृय कमरेड राम कुमार यादव लगायतका सयौ नेता तथा कार्यकर्ताले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा सत्य नारायण यादव , शिव कुमार सदाय , कुलदेब यादव , बुधनी देबि सदा लगायतका सयौंको संख्यामा सामाजबादी पार्टी परित्याग गरी नेकपामा प्रवेश गरेको आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

नेशनल लघुवित्त वित्त ...

ओम प्रकाश यादव लहान अषाढ़ २१ । सामाजिक उत्तरदायित्वअन्तर्गत समाजमा सकारात्मक परिवर्तन ल्याउने उद्देश् ...

लहानमा लागूऔषधसहित द ...

ओम प्रकाश यादव, लहान अषाढ़ २० । सिरहा जिल्लाको लहान नगरपालिका–११ स्थित पडरिया टोलमा लागूऔषध कार ...

औरहीमा पाँच दिने नेत ...

लाल बिहारी यादव लहान २० । सिरहा जिल्लाको औरही गाउँपालिकामा आयोजित पाँच दिने नेतृत्व विकास तालिम बिही ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१