सिरहामा छठ पर्वको लागि युवाहरु पोखरीलाई झकिझकाउ बनाउदै

  • कार्तिक १६, २०७६
  • १०१९ पटक पढिएको
  • नरेश बर्ब्रिया
alt

नरेशचन्द्र बरबरिया ,सिरहा कार्तिक १६ गते । कार्तिक शुक्ल षष्ठी अर्थात कार्तिक १६ गतेका दिन तराई मधेश सहित देशभर छठ पर्व मनाईदै छ । छठ पर्व मनाउनका लागि सिराहा जिल्ला लगायत विभिन्न जिल्लाहरुमा छ्ठको चहलपहल बढेको छ ।
 
सिरहा नगरपालिकामा पनि त्यति नै पोखरीलाई स्थानीय युवाहरुले चिटिक्क बनाएका छन । युवाहरु द्वारा पोखरीको पानी सहित डिलमा रहेको झारपात सहितको जंगल र पोखरीमा रहेको जलकुम्भीलाई सरसफाई गरेका छन । छठ पर्वका लागि विभिन्न घाट बनाएर त्यसमा लिपपोत अहिले चिटिक्क बनाउन युवाहरु जुटेका छन ।
 
छठ मनाउन तयार पारिएको पोखरीको डिलमा केराको थम्भ गाडेर विभिन्न आर्कषक झिलीमिली विद्युतिय बल्ब लगाएर दुल्हिन झै सजाएको छ । सिरहा नगरपालिकामा रहेको हजारौँको संख्यामा श्रद्धालुहरु आएर छठ पर्व मनाउने गरिन्छ ।
 
त्यस्तै सिरहा नगरपालिकाको अन्य ठाउँमा रहेको पोखरी ,तलाउ ,नदिलाई सिँगारीएको छ । यस क्षेत्रमा पोखरी र नदीमा छठ पर्व मनाइने गरिन्छ ।

प्रतिक्रिया दिनुहोस

लहान नगरपालिकाद्वारा ...

ओम प्रकाश यादव लहान,पुष १५ । मधेश प्रदेशमा चिसो बढ्दै गएपछि लहान नगरपालिकाले राहतस्वरूप दलित तथा विप ...

नेशनल मेडिकल कलेज र ...

वीरगंज १४ पुस। नेशनल मेडिकल कलेज प्रा.लि. तथा पशुपति आदर्श क्लब, वीरगञ्जबीच स्वास्थ्य सेवा सहकार्यसम ...

स्नेह वृद्धा आश्रम ल ...

लहान, पुस १३ । सिरहा जिल्लाको लहानमा रहेको स्नेह वृद्धा आश्रम लहानको बैठक आश्रमकी अध्यक्ष रिता कुमार ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१