ताजा समाचार

सिरहाको ईटहर्वा प्रा. वि. को अवस्था दयनिय बन्दै

  • कार्तिक १५, २०७६
  • १५७० पटक पढिएको
  • सिराहा टाइम्स
alt

महेश सिंह , सिरहा १५ कार्तिक । सिरहाको सखुनन्कारकट्टि गाँउपालिका ५ मा रहेको श्री आधारभुत विद्यालय इटहर्वाको अवस्था दयनिय भएको छ । विगत तिन चार महिना देखि प्र. अ. लखन मण्डललाई प्यारालाइसिस बिरामीले समातिए पछि वहाँ विद्यालयको लागि पुर्ण समय नदिईएको शिक्षिका विना कुमारी यादवले बताएकी छिन् । भौतिक संरचना दुरुस्त भए पनि शौचालयको अवस्था जिर्ण रुपमा देखियो । विधार्थीहरु खुल्ला ठाँउमा शौच गरे पनि हामी शिक्षिकाहरुलाई शौचालय जान कठिनाइ भइरहेको शिक्षिका यादवले गुनासो गरीन । यो विद्यालयमा कहिले पनि राम्रोसंग पढाइ हुदैन शिक्षकहरु समयमा आइदिदैन । शिक्षकहरु राजनितिक कुरा गर्छन । यसमा पहुचवाला शिक्षक रहेको र विद्यालयमा पढाइ नभएको स्थानिय युवा सन्तोष यादवले आक्रोस पोखे । विगत चार पाँच वर्ष देखि विद्यालयको हर हिसाव प्र. अ. ले नदिएको र विगत एक वर्ष देखि विद्यालय व्यवस्थापन समिति विहिन रहेकोले विद्यालयको यस्तो दुरदसा भएको हो । शिक्षकलाई पढाउनु भन्दा उल्टै पावरको धाक लगाउने स्थानिय राप्रपाका नेता जिवछ मरवैताले गुनासो गरेका हुन् । विद्यालयमा दुइ दरवन्दि शिक्षक, तिन बाल बिकास शिक्षिका र एक कार्यलय सहयोगी गरी जम्मा छ जना कार्यरत रहेका छन् । कक्षा तिनसम्म संचालन रहेको सो विद्यालयमा विधार्थी संख्या भन्न नचाहे पनि पुरै विद्यालयमा जम्मा जम्मी दश जना विधार्थीहरुको उपस्थिती देखिएको थियो ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤