सिरहाको ईटहर्वा प्रा. वि. को अवस्था दयनिय बन्दै

  • कार्तिक १५, २०७६
  • १४४८ पटक पढिएको
  • सिराहा टाइम्स
alt

महेश सिंह , सिरहा १५ कार्तिक । सिरहाको सखुनन्कारकट्टि गाँउपालिका ५ मा रहेको श्री आधारभुत विद्यालय इटहर्वाको अवस्था दयनिय भएको छ । विगत तिन चार महिना देखि प्र. अ. लखन मण्डललाई प्यारालाइसिस बिरामीले समातिए पछि वहाँ विद्यालयको लागि पुर्ण समय नदिईएको शिक्षिका विना कुमारी यादवले बताएकी छिन् । भौतिक संरचना दुरुस्त भए पनि शौचालयको अवस्था जिर्ण रुपमा देखियो । विधार्थीहरु खुल्ला ठाँउमा शौच गरे पनि हामी शिक्षिकाहरुलाई शौचालय जान कठिनाइ भइरहेको शिक्षिका यादवले गुनासो गरीन । यो विद्यालयमा कहिले पनि राम्रोसंग पढाइ हुदैन शिक्षकहरु समयमा आइदिदैन । शिक्षकहरु राजनितिक कुरा गर्छन । यसमा पहुचवाला शिक्षक रहेको र विद्यालयमा पढाइ नभएको स्थानिय युवा सन्तोष यादवले आक्रोस पोखे । विगत चार पाँच वर्ष देखि विद्यालयको हर हिसाव प्र. अ. ले नदिएको र विगत एक वर्ष देखि विद्यालय व्यवस्थापन समिति विहिन रहेकोले विद्यालयको यस्तो दुरदसा भएको हो । शिक्षकलाई पढाउनु भन्दा उल्टै पावरको धाक लगाउने स्थानिय राप्रपाका नेता जिवछ मरवैताले गुनासो गरेका हुन् । विद्यालयमा दुइ दरवन्दि शिक्षक, तिन बाल बिकास शिक्षिका र एक कार्यलय सहयोगी गरी जम्मा छ जना कार्यरत रहेका छन् । कक्षा तिनसम्म संचालन रहेको सो विद्यालयमा विधार्थी संख्या भन्न नचाहे पनि पुरै विद्यालयमा जम्मा जम्मी दश जना विधार्थीहरुको उपस्थिती देखिएको थियो ।

प्रतिक्रिया दिनुहोस

मेयर चौधरीद्वारा छुट ...

ओम प्रकाश यादव लहान, पुष ६ । लहान नगरपालिकाका मेयर महेश चौधरीले नगरपालिकाको तर्फबाट वडा नम्बर– ...

आशा किरण केन्द्रको १ ...

वीरगंज ६ पौष । नेशनल मेडिकल कलेज प्रा. लि. र आशा किरण केन्द्रबीच औपचारिक सम्झौता हस्ताक्षर गरिए ...

नवराजपुरमा एनसीसी क् ...

रहमुल, लहान ६ पुस । सिरहाको नवराजपुर गाउँपालिका वडा न.४ स्थित जनता नमुना प्राविधिक धार माध ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१