ताजा समाचार

राजदेबि पन्चाबति मन्दीरको पाचौं वार्षिक साधारण सभा सम्पन्न

  • कार्तिक १०, २०७६
  • १५२० पटक पढिएको
  • सिराहा टाइम्स
alt

महेश सिंह , सिरहा १० कार्तिक - सिरहाको लहान नगर पालिका १५ ढोढना स्थित अब्स्थीत रहेको राजदेबी पन्चाबती मन्दिर संरक्षण बिकास समितीको पाँचौ बार्शिक साधारण सभा तथा सुभ कामना आदानप्रदान कार्यक्रम शनिबार सम्पन्न भएको छ । संगठनका अध्यक्ष मागैन चौधरीको अध्यक्षतामा कार्यक्रम सुरु भएको थियो भने कार्यक्रमको प्रमुख अति सिरहा क्षेत्र न. १ को प्रदेश सभा ,क, को सदस्य लगन लाग चौधरी ले हाम्रो धर्म संसकृत जोगियो भने हाम्रो पहिचान आफैं जोगिन्छ बताउनु भयो । हामी नेपाल माताको सन्तान हुँदा हामीले गर्भ गर्छौं किन भने हाम्रो देश बिश्वको विभिन्न देशहरू मधये मन्दिर नै मन्दिरले र वन जगलको हरियालि बताबरण भएको देश हो । नेपाल प्राकृति धार्मिक ,सास्कृतीक भौगोलिक ,जातीय बिबिधताको कारणले आ - आफनै किसिमको धार्मिक सहिष्णुता र छुट्टै मुल्य मान्यता रहेकोे छ।

नेपालको कयौं धार्मिक धरोहर वा सम्पदाहरु मठ मन्दिर , गुम्बाहरु राष्ट्रिय तथा अन्तराष्ट्रिय जगतमा प्रचलित छन् । सिरहाको तराई जिल्ला मधे पुर्ब बालन खोला र नेपालको छिमेकी मुलुक भारतको सिमानामा पर्ने पश्चिम् कमला खोला र उतरमा उदयपुर जिल्लाको चुडिया डाडाकाे सिमाना सम्म जोडीएर रहेको सिरहाको एतिहासिक नगरी लहान नगर पालिका १५ स्थित रहेको राजदेबि पन्चाबति मन्दिर प्रति श्रधालु भक्तजनहरुको अबस्था र बिश्वासको श्रधाको रूपमा चिनिहिन छ । बर्षमा एक दिन मात्र चणडि पुर्णिामाको दिन ठुलो मेला, पुजा तथा बलिप्रदान हुने गरेको मेला समितिले बताएको छ । सिरहाको लहान नगर पालिका भन्दा १० किलो मिटर उतरमा पर्ने गर्द छ । ढोढना काे पाबन भुमिमा रहेको प्राकृतिक लहरा तथा विभिन्न प्रजातीको रुखहरुले भरिपुर्ण जगल ०१ - ०५ - ०५ क्षेत्रफलमा ओगटेको देबस्थललाई राजदेबि माताको रूपमा परिचित छ ।परापुर्ब कालदेखी नै लगभग २५० बर्ष भन्दा पुर्व ठाँउमा एउटा ठुलो जगल रहेको थियो । राज देबि पन्चाबति मन्दिर संरक्षण बिकास समिति २०६१-०८- २६ गते जिल्ला प्रहरी कार्यालय सिरहा र समाज क्ल्याण परिषदमा २०७२ - १२ - ०८ गते भइ हाल सम्म काम जारी रहेको छ ।

यो संस्था मुनाफा रहित एउटा धार्मिक संस्था हो । कार्यक्रममा वाडा अध्यक्ष तेज नारायण चौधरीले २००३ सालको जाहानिया राना सासनको कुरामा जोड दिनु भएको थियो भने कार्यक्रमको संन्चालन बिरेन्द्र कुमार चौधरीले गर्नु भएको थियो । अध्यक्षले बजेटको खर्च र आम्दानीको बजेटको कार्य बिबरण सार्बजनिक गरेकका थिए । कार्यक्रममा अतिथिहरु भुपु सान्सद रामरति राम , गिरिराज रौनियार , पत्रकार महेश सिंह , अनिल चौधरी शस्त्र प्रहरी को डिएसपी अर्जुन सापकोटा शिक्षक बसन्त चौधरी र गाउँका बुद्धि जिबि विभिन्न राजनीति दालका प्रतिनिधीहरुको सहभागीता रहेको थियो । जम्मा आम्दानी ५८,०५,९४९ र जम्मा खर्च ५८,०५,९४९ सार्बजनिक गरेको आयोजकले बताए ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤