Siraha Times
ताजा समाचार

शहिदनगरमा नेकपाको शुभकामना आदानप्रदान कार्यक्रम भब्यताका साथ सम्पन्न

  • कार्तिक ३, २०७६
  • ९९६ पटक पढिएको
  • नरेश बर्ब्रिया
alt

नरेशचन्द्र बरबरिया धनुषा कार्तिक ३ गते ।धनुषाको शहिदनगर नगरपालिकामा नेकपाको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ ।शुभ दिपावली ,छ्ठ र पुर्णिमा पर्वको शुभ अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा शहिदनगर नगरपालिकाका नगर प्रमुख उदय बरबरियाको अध्यक्षता एवम नेकपा धनुषाका जिल्ला ईन्चार्ज श्रवण बरबरियाको प्रमुख आतिथ्यमा सफलता पुर्वक कार्यक्रम सम्पन्न गरेको छ ।कार्यक्रममा बोल्दै ईन्चार्ज बरबरिया सर्वप्रथम सुभ दिपावली ,छ्ठ तथा पुर्णिमाको अवसरमा सम्पुर्णलाई उन्नति ,प्रगतिको कामना सहितको शुभकामना व्यक्त गरेका छन। पार्टीको एक ढिक्का भएर आगाडी बढन समेत आग्रह गरेका थिए ।शहिदनगर नगरपालिका देशमै छुट्टै नगरपालिकाको रुपमा परिचीत रहेको र हरेक जनताको नगरपालिका रहेको जिकिर गरे । यस नगरपालिकामा जनताको काम काज सहज तरिका बाटै हुने र नगरपालिकाका नगर प्रमुख सिपाही रहेको बताए । यस्तै कम समयमा चर्चामा रहेको मेयर बरबरिया आफू जनताको सिपाही रहेको बाताएका छ्न ।नगरपालिकाको हरेक काम काजमा जनताको हक हितको लागि गर्ने प्रतिबद्धता व्यक्त गरे र आगामी दिनमा शहिदनगर नगरपालिकाको नारा सुबिधा सम्पन्न ऐतिहासिक शहर समृद्ध शहिदनगरको नारालाई आत्मसात गर्दै आगाडी बढने बताए ।उक्त कार्यक्रममा १५१ जना नव प्रवेशिकाले नेकपामा प्रवेश गरेका थिए । विशिष्ट अतिथि जोगनारायण यादव, अतिथि मिथिला नगरपालिकाका मेयर हरिनारायण महतो ,उप-मेयर शिला कापर , समाजसेवी गंगाराज यादव, प्रदेश न.२ का सांसद रामचन्द्र मण्डल,तेजनारायण यादव, अब्दुल हलिम ,कमलदेव बनरैत ,श्री लाल महासेठ लगायत बुद्धिजिवी ,व्यपारी, किशान,स्थानीय वासी ,विद्यार्थी ,शिक्षकहरुको उपस्थित रहेको थियो भने कार्यक्रम संचालन नेकपाका जिल्ला कमिटी सदस्य रामकिशोर पासवानले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस

नेशनल मेडिकल कलेजमा ...

रंजित चौरसिया, वीरगंज १२ असार। नेशनल मेडिकल कलेज, वीरगञ्जको आयोजनामा तथा इन्स्टिच्युट अफ मेडिसिन (आई ...

खडक नगरपालिकाद्वारा ...

ओम प्रकाश यादव लहान, असार १२ । सप्तरीको खडक नगरपालिकाले अपाङ्गता भएका व्यक्तिहरूको जीवनयापन सहज बनाउ ...

खडक–५ बालमैत्री स्था ...

ओम प्रकाश यादव लहान, असार ११ । सप्तरी जिल्लाको खडक नगरपालिका वडा नं. ५ लाई औपचारिक रूपमा ‘बाल ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१