ताजा समाचार

सिरहा प्रहरी दुवारा दुई गोदाममा छापामारी ब्यापारीहरु त्रसित

  • कार्तिक ३, २०७६
  • १६८३ पटक पढिएको
  • सिराहा टाइम्स
alt

महेश सिंह , सिरहा ३ कार्तिक । सिरहाको भगवानपुर गाउँपालिका -४ स्थित दुई गोदाममा प्रहरीले छापामारी गरिएको छ। विशेस सूचनाको आधारमा प्रहरीले छापा मारी गर्दा ठुलो परिमानको खाधानय बस्तु सर सममान प्रहरीले बरामत गरेको हो । भारत बाट राजस्व छली अबैध रूपमा जम्मा गरि राखेको दुई गोदाम बाट करीब १३ लाख ३६ हजार ५५८ रुपैयाँ बराबरको मालसामान बरामद गरेको ईलाका प्रहरी कार्यालय लहानको ईन्स्पेकटर सुमित कुशवहाँको कमान्डमा खटिएको टोलिले छापा मारेको हो । विषेश सूचनाको आधारमा प्रहरीले दुई गोदाममा छापामारी गर्दा १३ लाख ३६ हजार ५५८ रुपैयाँ बराबरको लता कपडा, जुता, किराना सामान र भाडा वर्तन लगायतका मालसामान बरामद गरेको इलाका प्रहरी कार्यालय लहानका डीएसपी भेषराज रिजालले बताएका छन। बरामद गरिएको माल सामान आबशयक कार्वाही को लागि ठाडी भन्सार कार्यालयमा बुझाइएको ईलाका प्रहरी कार्यालय लहानले बताएका छन। तस्करले अबैध रूपमा राजस्व छली भारतबाट सामान ल्याएर सीमा क्षेत्रमा भण्डारण गर्ने र पछि भन्सार छली नेपाली बजारमा पुर्‍याउने गरेको देखीन्छ । सीमा क्षेत्रमा पुगेर प्रहरीले तस्करको गोदाममा छापामारी गरेको यो सिरहाको लागी पहिलो घटना हो भने जिल्ला प्रहरी कार्यालय सिरहाले बताए ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤