ताजा समाचार

सिरहा प्रहरी द्वारा गाँजा खेती नष्ट

  • कार्तिक २, २०७६
  • १४९६ पटक पढिएको
  • सिराहा टाइम्स
alt

महेश सिंह , सिरहा २ कार्तिक - सिरहाको गोलबजार नगरपालिका-१० बाट शनिबार करीब ८ हजार ५ सय गाँजाको बिरुवा फडानि गरी प्रहरीले नष्ट गरेका छन् । विशेष सूचना आधारमा ईलाका प्रहरी कार्यालय गोलबजार र सिरहा बाट खटिएको गस्ती टोलिले गोलबजार न .पा. -१० मा अबैध रूपमा गरिएको करीब ८ हजार ५ सय गाँजा को बिरुवा प्रहरीले नष्ट गरेको जिल्ला प्रहरी कार्यालय सिरहाले बताए । सिरहाको प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) चतुर्वेदीका अनुसार प्रहरीले पत्ता लगाएको गाँजा फडानी नसकिए सम्म हाम्रो गाजा फडानि काम जारी रहने बताउनु भयो। गाँजा खेती, उत्पादन, खरिद बिक्री तथा ओसारपसार गर्नेलाई लागुऔषध नियन्त्रण ऐनअनुसार कारबाही गरिने प्रमुख प्रहरी उपरीक्षक (एसपी) चतुर्वेदीले बताएका छ्न। नेपालमा एक किलो गाँजा १ हजार देखि १५ हजार रुपैयाँ सम्ममा बिक्री हुने गरेको बताउनु भयो । भारतमा २० हजार प्रतिकिलो रुपैयाँमा बिक्री हुने गरे स्थानीयले बाताउ छ । नेपाली बजारभन्दा भारतीय बजारमा यसको माग बढी हुने र आम्दानी पनि धेरै हुने हुँदा सीमा क्षेत्रमा भारतीय गाँजा व्यापारीहरुले खेती गर्न स्थानीयहरुलाई अगाडि नै गाजा खेतीको लागी रकम दिने गरेको अनुसनधान बाट तथ्य फेला गरेको प्रहरीले बताए ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤