ताजा समाचार

सन नेपाल लाईफ इन्सुरेन्सले बिमितको बुवालाई दियो चौध लाखको चेक

  • कार्तिक १, २०७६
  • ७५६ पटक पढिएको
  • सिराहा टाइम्स
alt

महेश सिंह , १ कार्तिक - सिरहा - सिरहाको लहान स्थित रहेको सन नेपाल लाईफ इन्स्योरेन्सको शाखा कार्यालयले चौध लाखको मृत्यु दाबी भुक्तानी गरेको छ । सिरहाको गाबिस चिकना वाडा न. ९ र हाल कल्याणपुर नगरपालिका ५ को जमुना माझीको २० बर्षय छोरा बिजय कुमार माझीले २०७५ साल मंसिर ४ गते मंगलबार सन नेपाल लाईफ इन्स्योरेन्स कम्पनीको केन्द्रिय कार्यालय काठमाडौं बाट रु . १० लाखको वैदेशिक रोजगार अन्तर गतको म्यादी बिमा उक्त लाईफ इन्सुरेन्स कम्पनीमा बिमा गराएको थियो । माझीले बुबाको दुई वटा छोरा मधे कान्छो छोरा हुन् । २० बर्षय माझीले बिमा पशचात २०७५ सालमा केही दिन मै वैदेशिक रोजगारीको लागि कतार पुगेका थिए । माझीले कतारको water master qatar wll कम्पनीमा माझीले कतार पुगेका थिए । माझीको राहदानी नम्बर १०५७५३५५ र sticker नम्बर ०४४५२६०२० र विजयको बिमा लेख नम्बर FE १०००२२१७ रहेको परिवारजनले बताए । माझीले कतार पुग्नु आगाबै काठमाडौंको P.k. Diagnostic center pvt . Ltd बाट मेडिकल गराई कतार पुगेका थिए । कम्पनीमा माझीले काम गर्दै जादा एक दिन अचानक कान दुख्न थालेको थियो । बिजय लाई कान दुख्ने लगत्तै कम्पनीले होस्पिटल पुर्याएका थिए । होस्पिटलमा माझीलाई डाक्टरले ब्रेनको रोग प्रमानित गरि ब्रेनलाई अप्रेसन गरेको केहि दिन मै माझीलाई कतारमै मृत्यु भएको परिवारजनले बताए । माझीको मृत्यु पछि सन नेपाल लाईफ इन्सुरेन्सको लहान साख कार्यालयले कर बाहेक १५ लाखको मृत्यु दाबी भुक्तानीको चेक माझीको बुवालाई हस्तान्तरण गरेको , सन नेपाल लाईफ इन्सुरेन्सको शाखा कार्यालय लहान साखाको शाखा प्रबन्धक उपेन्द्र नारायण महतो बताए ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤