ताजा समाचार

आफ्ना सांसद पक्राउ गरेको भन्दै राजपाको आक्रोश

  • असोज २८, २०७६
  • ७४८ पटक पढिएको
  • नरेश बर्ब्रिया
alt

काठमाडौं असोज २८ ।  राष्ट्रिय जनता पार्टी (राजपा) ले आफ्ना सांसद प्रमोद साहलाई प्रहरीले पक्राउ गरेको भन्दै विरोध जनाएको छ । राजपा महासचिव केशव झाले सांसद साहको पक्राउको पुष्टि गर्दै विरोध जनाएका हुन् । उनले साहको पक्राउको विरोध गर्न कार्यकर्तालाई आह्वान समेत गरेका छन् । पक्राउ परेका साहलाई जनकपुर लैजाने तयारी भइरहेको छ ।  'हिजो जनकपुर एयर्पोर्टमा बुद्ध एयरको जहाज तीन घण्टा ढिलो भए पछि किड्नीको एकजना बिरामी छटपटाउन थालेपछी जनप्रतिनिधिको हैसियतले काउन्टरमा सोध्न जादा काउन्टरको प्रतिनिधिले उल्टै धमकाउन थाले पछि सामान्य धकमधक्का भएको हो।त्यस घट्नालाई अतिरन्जित बनाइ राज्यको माथिल्लो निकाय बाट जबर्जस्ति मुद्दा दर्ता गराई राज्यले तानाशाही चरित्र देखाएको छ।त्यस पछि मा. प्रमोद साहलाई जहाजमा चढ्न नदिने भनेर बुद्ध एयरका कर्मचारीले बदमासी पनि गरेका थिए।स्मरण रहोस त्याहाको एयरपोर्टमा कहिल्यै जहाजहरु समयमा आउदैन।अस्ति नेपालगन्जमा पनि त्यही कारणले आम नागरिकले बिरोध गरेको हो।राज्यले जनताको सरोकार पूरा नगर्ने अनि उल्टै आवाज उठाउनेलाई दन्ड दिन खोज्ने चरित्रलाई जनताले कदापी स्वीकार्न सक्दैन ।'  राजपा महासचिव झाले भनेका छन् ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤