महोत्तरीमा डेढ किलो चाँदीका तयारी गरगहनासहित एक जना पक्राउ

  • असोज २७, २०७६
  • ८१२ पटक पढिएको
  • सिराहा टाइम्स
alt

असोज २७ । महोत्तरीको जलेश्वर नगरपालिका–६ स्थित परिक्रमा रोडबाट सशस्त्र प्रहरीले आइतबार करीब डेढ किलो चाँदीका तयारी गरगहनासहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जलेश्वर नगरपालिका–६ का ३१ वर्षीय सुरज साह रहेको सशस्त्र प्रहरी उपरीक्षक निरकृष्ण अधिकारीले बताए । अनटेस्ट मोटरसाइकलमा चढी भारतको बिहार राज्यको भिट्ठामोड शहरबाट भन्सार छली अवैधरुपमा ल्याएको एक किलो २४० ग्राम चाँदीका पायल, सिक्री र औँठीलगायतका तयारी गरगहनासहित साहलाई पक्राउ गरिएको सशस्त्र प्रहरीले जनाएको छ । चाँदीका गहना र मोटरसाइकलसहित पक्राउ परेका साहलाई आवश्यक कानुनी कारवाहीका लागि भन्सार कार्यालय जलेश्वरमा बुझाइएको सशस्त्र प्रहरी उपरीक्षक अधिकारीले बताए ।

प्रतिक्रिया दिनुहोस

मेयर चौधरीद्वारा छुट ...

ओम प्रकाश यादव लहान, पुष ६ । लहान नगरपालिकाका मेयर महेश चौधरीले नगरपालिकाको तर्फबाट वडा नम्बर– ...

आशा किरण केन्द्रको १ ...

वीरगंज ६ पौष । नेशनल मेडिकल कलेज प्रा. लि. र आशा किरण केन्द्रबीच औपचारिक सम्झौता हस्ताक्षर गरिए ...

नवराजपुरमा एनसीसी क् ...

रहमुल, लहान ६ पुस । सिरहाको नवराजपुर गाउँपालिका वडा न.४ स्थित जनता नमुना प्राविधिक धार माध ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१