ताजा समाचार

समाजसेवाका लागी मरीमेटने वडा अध्यक्ष यादव

  • असोज २२, २०७६
  • ११६० पटक पढिएको
  • सिराहा टाइम्स
alt

बिजय साह लहान २२ असोज । सिरहाको सुखिपुर नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष रामलोभित यादवले समाज सेवाको लागी मरीमेटने बतानु भएको छ । सुखिप्र नगरपालिका ४ पोखरीयाका एका सुकुम्वासी दलित घर परिवालाई आापत परेको बेला गरेको सहयोगलाई दृष्टिगत गर्दै अध्यक्ष यादवले यस्तो बताएका छन । पोखरीया निवासी ३० वर्षीय रविन्द्र रामकी २५ वर्षीया पत्नी रामसखी रामले गत सोमबारका दिन एकै पटक दुई छोराको जन्म दिएकी छिन । जन्मिएको दुई बच्चाको स्वास्थ्य अवस्था ठिक भए पनि आमाको स्वास्थ्य अवस्था ठिक नभएको रामसखिका श्रीमानले बतएका छन । सुकुम्बासी तथा गरीबीले गर्दा पत्नीको अपचार गर्न चारैतिर गुहार मागेको थिए कसैको मेरो गुहार सुनेन, तर सम्बन्धित वडाका वडा अध्यक्ष यादवले वहाँलाई भरपुर्ण मात्रामा सहयोग गरेका छन ।

यादवले ततकाल ४ हजार नगद र २ पोका ब्लडको समेत व्यस्था गरि दिएका छन । सुखिपुर नगरपालिकाका मेयर राम अवतार यादवले पनि ततकाल रु ५ हजार नगद सहयोग गरेका छन । त्यस रकमबाट धनगढीमाई नगरपालिका ९ मुसहरनीया स्थित रहेका आर के मिडसिटि हस्पिटलमा उपचार भई रहेको थियो तर त्याहाँ उपचार सम्भव नभए पछि थप उपचारको लागी विराटनगर स्थित नोबेल होस्पिटल रेफर गरीएको अस्पताल स्रोतले जनाएका छन ।सुखिपुर नगरपालिका भित्रका ११ वडा अध्यक्षहरु मिलि गरीब सहायता कोष निमार्ण गरेका छन । त्यस कोषबाट बच्चा र आमाको उपचारका लागी ३० हजार नगद सहयोग गरेका छन । म आफनो तर्फबाट २० हजार अरु सहयोग गर्न सक्छु त्यसमा पनि अपुग भए साथी भाई र विभिन्न संघ संस्थामा गई सहयोग मगनेछु । यो बिरामीलाई बचाउनको लागी जहाँ माग्नु पर्छ जहाँ हात फैलाउनु पर्छ त्यसको लागी म एक कदम पनि म पछि नपर्ने अध्यक्ष यादवले बताएका छन ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤