स्वामी विवेकानन्द ग्लोबल अवार्ड सम्मान बाट मेयर बरबरिया र संयोजक यादव सम्मानित

  • असोज २१, २०७६
  • १०१७ पटक पढिएको
  • सिराहा टाइम्स
alt

जनकपुरधाम, असोज २१ गते । देशकै कान्छो मेयर धनुषा शहिदनगर नगरपालिकाका मेयर उदयकुमार बरबरिया यादव गाँधी चर्खा मोमेन्टो र स्वामी विवेकानन्द ग्लोबल अवार्डबाट सम्मानित भएका छन् । ईन्टरनेश्नल गाँधी पीस फाउण्डेशनले सोमबार काठमान्डौंमा गरेको भएका एक समारोहबीच मेयर बरबरियालाई जल अभियानीको रुपमा गाँधी चर्खा मोमेन्टो र स्वामी विवेकानन्द ग्लोबल अवार्डबाट सम्मान गरेको हो । नेपालको लागि गाँधी पिस फाउण्डेशनका अध्यक्ष लालबहादुर राणाको अध्यक्षता एवम् रिपोर्टस क्लबका अध्यक्ष एवम् चर्चित पत्रकार ऋषी धमलाको प्रमुख आतिथ्यमा भएको सो समारोहबीच मेयर बरबरियालाई गाँधी चर्खा मोमेन्टो र स्वामी विवेकानन्द ग्लोबल अवार्डबाट सम्मानीत गरिएको हो । पर्यावरण अभियानमा लागेको मेयर बरबरियालाई पर्यावरण एवम जल संरक्षणको लागि चालेको कदमको लागि तथा कम्युनिटी वेल्फेयर फाउण्डेशन ईण्डियाले उनलाई सम्मान गरेको छ । धनुषा र सिरहा जिल्लाको सीमाको रुपमा रहेको कमला नदी जलाधार संरक्षण अभियानमा आफ्नो अमूल्य समय दिएर सेवामा लागेको भन्दै उनलाई सम्मान गरिएको हो । सोही समारोहमा कमला बचाउ अभियानका सँस्थापक अध्यक्ष एवम् पर्यावरण अभियानी विक्रम यादवलाई समेत सम्मान गरिएको हो । गाँधी पीस फाउण्डेशनको लागि पर्यावरण र जलदुत समेत रहेका यादवलाई स्वामी विवेकानन्द ग्लोबल अवार्डबाट सम्मान गरिएको हो ।

प्रतिक्रिया दिनुहोस

मेयर चौधरीद्वारा छुट ...

ओम प्रकाश यादव लहान, पुष ६ । लहान नगरपालिकाका मेयर महेश चौधरीले नगरपालिकाको तर्फबाट वडा नम्बर– ...

आशा किरण केन्द्रको १ ...

वीरगंज ६ पौष । नेशनल मेडिकल कलेज प्रा. लि. र आशा किरण केन्द्रबीच औपचारिक सम्झौता हस्ताक्षर गरिए ...

नवराजपुरमा एनसीसी क् ...

रहमुल, लहान ६ पुस । सिरहाको नवराजपुर गाउँपालिका वडा न.४ स्थित जनता नमुना प्राविधिक धार माध ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१