ताजा समाचार

साप्ताहिक कमला बचाउन अभियान अन्तर्गत बरमझियामा वृक्षारोपण

  • असोज १९, २०७६
  • ८५३ पटक पढिएको
  • सिराहा टाइम्स
alt

नरेशचन्द्र बरबरिया धनुषा असोज १९ गते । कमला बचाउ साप्ताहिक जागरण कार्यक्रम अन्तर्गत शनिबार धनुषाको गणेशमानचारनाथ नगरपालिका ९ बरमझिया स्थित कमला घाटमा वृक्षारोपण गरिएको छ । कमला बचाउन अभियानी समेत रहेको धनुषाको सहिदनगर नगरपालिकाका मेयर उदयकुमार बरबरियाको प्रमुख आतिथ्यमा वृक्षा रोपन गरिएको हो । वृक्षा रोपन गर्दै मेयर बरबरियाले कमला बचाउ अभियान मिशनको रुपमा स्थापित भईसकेको बताउँदै प्रदेश सरकारले नीतिमा समेत यस अभियानार्लाइ गाभ्न सकेक झनै सहजता हुने बताए । कार्तिक पूर्णिमामा हुने कमला बचाउन अभियानको वार्षिकोत्सवमा भारतीय जलस्रोत मन्त्रीलाई बोलाउने समेत तयारी भएको मेयर बरबरियाले जानकारी गराए ।

सो अवसरमा १ सय वटा कमला बचाउन अभियानको टीसर्ट समेत वितरण गरिएको छ । वृक्षारोपन कार्यक्रममा नेकपाका धनुषा जिल्ला सचिब दिपक यादव, नेकपाका प्रदेश कमिटी सदस्य रोशन यादव, कमला बचाउ अभियानी बिक्रम यादव, मनावअधिकारकर्मी समेत रहेका विनोद महरा, नेकपाका स्थानीय नेता महेशलाल यादव, वडा नं. ११ का वडाध्यक्ष सत्यनारायण कुवर, जागरण कार्यक्रममा वडा सदस्य सहिद नदाफ , नेता कैलास मल्ल, सोभित यादव, कमला अभियानी राजकिशोर सहलैता, सुरेन्द्र यादव लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤