ताजा समाचार

म्याद चेक गरि खाद्यपदार्थ किन्न उपभोक्तालाई आग्रह

  • असोज १३, २०७६
  • १४७० पटक पढिएको
  • सिराहा टाइम्स
alt

संजय विश्वकर्मा लहान १३ , असोज । दशै तिहारलाई लक्षित गरी सिरहामा बजार अनुगमनलाई तिब्रता दिइएको छ । खादय प्राविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय राजबिराजको एक टोलिले अनुगमन गरिरहेको सो कर्यालयका प्रमुख सुरेश कुमार सिंहले जानकारी दिनुभयो । लहानका २४ वटा होटेल , मिर्चैयाका ३ वटा किराना पसललमा अनुगमन गर्दा प्रयाप्त मात्रामा गुणस्तरहिन र म्याद गुज्रिएको खाद्य पदार्थहरु भेटिएको उनले बताए । भेटिएको गुणस्तरहीन बस्तुहरु स्थानीयबासी , प्रहरी प्रशासनको रोहवरमा नस्ट गरिरहेको छु भन्दै म्याद नाघेका बस्तु प्रयोग गरेमा उपभोक्ताको स्वास्थमा प्रतिकुल असर पार्ने भएकोले सबैलाई सचेत हुन उनले आग्रह गरे । ईलाका प्रशासन कार्यालय लहानका निमित्त प्रमुख भोजराज खतिवडाका अनुसार चाडपर्वको बेला व्यबसायिले बजारमा सर– सामानको कृतिम आभाब गराई गुणस्तरहिन बस्तु प्रयाप्त मात्रामा बेच्ने गरेकोले म्याद चेक गरि सामान खरिद गर्न सबै उपभोक्ता बर्गमा आग्रह गरे । गुणस्तरहिन सर –सामान बेची उपभोक्ताको स्वास्थसंग खेलवाड गर्ने जुनसुकै व्यापारीलाई कानुनले कदापि छोडन नहुने राष्ट्रिय उपभोक्ता मञ्च सिरहा जिल्ला अध्यक्ष रामानन्द गुप्ताले बताए । अनुगमनमा ईलाका प्रहरी कार्यालय , जिल्ला प्रशासन कार्यालय , शस्त्र प्रहरी कार्यालय , घरेलु तथा साना उधेग लहान, राष्ट्रिय उपभोक्ता मञ्चका प्रतिधिहरुले गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤