ताजा समाचार

सिरहाको जे .एस. क्याम्पले पाए : QAA को प्रमाणपत्र

  • असोज १२, २०७६
  • १८८१ पटक पढिएको
  • सिराहा टाइम्स
alt

महेश सिंह ,सिरहा १२ असोज सिरहाको लहानमा रहेको जे.एस. मुरारका बहुुमुखी क्याम्पसले पहिलो पटक गुणस्तर सुनिश्चितता प्रत्यायन QAA प्रमाणपत्र प्राप्त हो । प्रदेश २ का दुईवटा क्याम्पसमध्ये जेएस मुरारका बहुुमुखी क्याम्पस लहान पनि पर्न सफल भएको क्याम्पस प्रमुख तुलशि राम पोखरेलले बताए । गुणस्तर सुनिश्चितता प्रत्यायन (क्युएए) प्रमाणपत्र प्राप्त गर्ने क्याम्पसलाई विभिन्न सरकारी निकायबाट अनुदानलगायतका अन्य सुविधा प्राप्त हुने गरेको छ । क्याम्पसले प्रमाणपत्र प्राप्त गर्न सफल हुँदा क्याम्पसले खुशी ब्यक्त गरेका हुन । यो क्याम्पसलाई आगामी दिनमा थप शैक्षिक गुणस्तर वृद्धि गरिँदै लगिने योजना बनाएको क्याम्पस प्रमुख तुलसी राम पोखरेलले जानकारी दिनुभयो । क्याम्पसको चौतर्फी विकासका लागि प्राप्त प्रमाणपत्र मापदण्ड अनुसारको शैक्षिक क्रियाकलाप अगाडि बढाउने उदेश्य लिएको क्याम्पस प्रमुखको जोड रहेको छ । त्रिभुवन विश्वविद्यालयले अनुदान आयोगद्वारा प्रदान गरिएको QAA प्रमाणपत्रको उपलछ्मा क्याम्पसले शनिबार क्याम्पसबाट निकालिएको सान्ती रयाली लहान बजार परिक्रमा गरेको छ् । रयालीमा क्याम्पस प्राध्यापकहरु तुलसी राम पोखले , सजन साह , संजय चौधरी , राज कुमार कर्ण , कन्हैया भट्ट , नारायण दास , सुमन साह , डा. रामनाथ यादव , ईश्वर देब ठाँकुर ,भोला बिश्वक्रमा , प्रसासन तर्फ जय प्रकाश् चौधरी , सुजित चौधरी , रन्जना सिंह, क्याम्पसका नेता महेश सिंह , राम कृष्ण यादव , महेश साह , बिसुन्देब सरदार , टुन टुन साह , सरोज चौधरी लगायतका विद्यार्थी नेता र क्याम्पसका हजारौं विद्यार्थीहरु रयालीमा सहभागिता रहेको थियो । क्याम्पस प्रमुख पोखरेलका अनुसार गुणस्तर सुनिश्चितता प्रत्यायन (क्युएए) प्राप्त गर्नको लागि लगातार चार वर्षसम्म आवश्यक शैक्षिक भौतिक मापदण्ड पुरा गरेपछि विश्वविद्यालय अनुदान आयोगले एक कार्यक्रमको आयोजना गरी  प्रदेश २ को  गुणस्तर सुनिश्चितता प्रत्यायन (क्युएए) मान्यता प्राप्त दोश्रो क्याम्पसको रुपमा सफल भएकोमा यस क्याम्पसले प्राविधिक धारका संकायहरु स्वायत रुपमा संचालन गरी समयको माग अनुसारको शिक्षा दिन बाटो खुलेको छ। पाँच वर्षको लागि गुणस्तर सुनिश्चितता प्रत्यायन (क्युएए) मान्यता प्राप्त यस क्याम्पसले अझै जिम्मेवार भएर शैक्षिक भौतिक लगायतका विकासमा सजग भएर अघि नबढे पाँच वर्षपछि  यो मान्यता गुम्न सक्ने अवस्था समेत रहेकोले क्याम्पसको प्रगतिमा लाग्नुको अर्को विकल्प नरेहेको सहाय क्याम्पस प्रमुख सजन साहले बताए । यसै बीच क्याम्पसले QAA प्राप्त गरेको अवसरमा विश्व पर्यटन दिवसका दिन र्याली निकालेका हुन । क्याम्पसमा अध्यनरत सम्पूर्ण छात्रछात्रा लगायत शिक्षकहरुको उपस्तिथिमा निकालिएको उक्त रयाली लहान बजारको परिक्रमा गरि पुन: क्याम्पसमा कोण सभामा परिणत गरिएको आयोजक ले बताए ।

 

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤