पर्यटन बर्ष २०२० सफल पार्न भिजिट मधेसद्वरा पर्यटकीय क्षेत्रहरुको अवलोकन

  • असोज ११, २०७६
  • १०४६ पटक पढिएको
  • सिराहा टाइम्स
alt

संजय विश्वकर्मा / लहान ११ असोज । सरकारको लक्ष्य अनुरुप पर्यटन वर्ष २०२० सफल पार्न भिजिट मधेस जिल्ला समिति सिरहाले जिल्लामा रहेको पर्यटकीय स्थलहरुको स्थलगत रुपमा अबलोकन गरिरहेको छ । सोहि अनुरुप लहान नगरपालिका वडा नम्बर १५ मा रहेको राजदेबी पन्चावत्ती मन्दिरमा अवलोकन गरेको भिजिट मधेसका सिरहा जिल्ला अध्यक्ष शिब कुमार साहले जानकारी दिनुभएको छ । अबलोकनको क्रममा उहाँले भन्नुभयो नेपालमा पर्यटन भित्र्याउनका लागि सरकार गम्भीर हुनुपर्ने बताए । जिल्लामा पर्यटक भित्र्याउनका लागि पर्यटक क्षेत्रमा सरकारले लगानी गर्नु पार्ने उनले बताए । हाल सम्म पनि सिरहाका पर्यटन क्षेत्रको बाटोघाटोको साथै प्रचार प्रसार अबस्था दयनीय रहेकोले सरोकारवालाको ध्यान जान जरुरी रहेको उनले बताए । भिजिट मधेसको आयोजनामा देशका ४० जिल्लामा एकै साथ विभिन्न पर्यटक क्षेत्रहरूको सरसफाइ समेत गरिएको छ । कार्यक्रममा ईलाका प्रशासन कार्यलय लहानका निमित्त प्रमुख भोजराज खतिवडा , पत्रकार लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

मेयर चौधरीद्वारा छुट ...

ओम प्रकाश यादव लहान, पुष ६ । लहान नगरपालिकाका मेयर महेश चौधरीले नगरपालिकाको तर्फबाट वडा नम्बर– ...

आशा किरण केन्द्रको १ ...

वीरगंज ६ पौष । नेशनल मेडिकल कलेज प्रा. लि. र आशा किरण केन्द्रबीच औपचारिक सम्झौता हस्ताक्षर गरिए ...

नवराजपुरमा एनसीसी क् ...

रहमुल, लहान ६ पुस । सिरहाको नवराजपुर गाउँपालिका वडा न.४ स्थित जनता नमुना प्राविधिक धार माध ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१