ताजा समाचार

पर्यटन बर्ष २०२० सफल पार्न भिजिट मधेसद्वरा पर्यटकीय क्षेत्रहरुको अवलोकन

  • असोज ११, २०७६
  • ११४७ पटक पढिएको
  • सिराहा टाइम्स
alt

संजय विश्वकर्मा / लहान ११ असोज । सरकारको लक्ष्य अनुरुप पर्यटन वर्ष २०२० सफल पार्न भिजिट मधेस जिल्ला समिति सिरहाले जिल्लामा रहेको पर्यटकीय स्थलहरुको स्थलगत रुपमा अबलोकन गरिरहेको छ । सोहि अनुरुप लहान नगरपालिका वडा नम्बर १५ मा रहेको राजदेबी पन्चावत्ती मन्दिरमा अवलोकन गरेको भिजिट मधेसका सिरहा जिल्ला अध्यक्ष शिब कुमार साहले जानकारी दिनुभएको छ । अबलोकनको क्रममा उहाँले भन्नुभयो नेपालमा पर्यटन भित्र्याउनका लागि सरकार गम्भीर हुनुपर्ने बताए । जिल्लामा पर्यटक भित्र्याउनका लागि पर्यटक क्षेत्रमा सरकारले लगानी गर्नु पार्ने उनले बताए । हाल सम्म पनि सिरहाका पर्यटन क्षेत्रको बाटोघाटोको साथै प्रचार प्रसार अबस्था दयनीय रहेकोले सरोकारवालाको ध्यान जान जरुरी रहेको उनले बताए । भिजिट मधेसको आयोजनामा देशका ४० जिल्लामा एकै साथ विभिन्न पर्यटक क्षेत्रहरूको सरसफाइ समेत गरिएको छ । कार्यक्रममा ईलाका प्रशासन कार्यलय लहानका निमित्त प्रमुख भोजराज खतिवडा , पत्रकार लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤