ताजा समाचार

बिश्व पर्यटन दिवसको अबसरमा ७७ जिल्लामा बृहत सरसफाई

  • असोज ११, २०७६
  • १३१८ पटक पढिएको
  • सिराहा टाइम्स
alt

नरेशचन्द्र बरबरिया,असोज ११ गते ।विश्व पर्यटन दिवस २०१९ को अवसरमा "बृहत सरसफाई कार्यक्रम सम्पन्न भएको छ । नेपाल युवा परिषद द्वारा आयोजित बृहत सरसफाई कार्यक्रम देशको ७७ जिल्लामा बिहान ८ बजे देखि एकै समयमा सरसफाइ कार्यक्रम शुरु भएको थियो । नेपालको ७७ वटा सांस्कृतिक एंव पर्यटकिय स्थलमा ७७०० भन्दा बढि युवायुवतीहरुको सक्रिय सहभागीतामा २७ सेप्टेम्बर,२०१९ अर्थात शुक्रबार बृहत सरसफाइ गरि बिश्व पर्यटन दिवस मनाईएको थियो ।यस्तै जनकपुरधामको बिश्व पर्यटन दिवस तथा विजया दशमीको अवसरमा भिजिट मधेस नेपाल र महाबीर युवा कमिटीद्वारा आयोजित धार्मिक पर्यटकीय स्थलको रूपमा प्रख्यात जनकपुर स्थित श्री राजदेवी मन्दिरको सरसफाई कार्यक्रम सम्पन्न भएको थियो । प्रदेश न.का उद्योग तथा पर्यटन बन तथा बाताबरण मन्त्री शुरेश मण्डल,समजसेवी बैद्यनाथ शाह, कमला अभियानी बिक्रम यादव लगायत युवाहरुको उपस्थितमा सरसफाइ भएको थियो भने त्यसै सप्तरी जिल्लाको रुपनि गाउँपालिका वडा नम्बर -६ बिरेन्द्र बजार अवस्थित शिवधाम चुरे पहाडमा शनि मन्दिरको सरसफाइ विभिन्न संघ-संस्थाका उपस्थिति र भिजिट मधेस नेपालका प्रदेश नम्बर -२ को सह- संयोजक सुनिता साह लगायत सप्तरी टिमका सदस्यहरुको सहभागीता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤