ताजा समाचार

किसान लक्षित कार्यक्रम परिणाममुखि बनाउनु जरुरी छ : मन्त्री साह

  • असोज ९, २०७६
  • १११८ पटक पढिएको
  • सिराहा टाइम्स
alt

राजविराज- प्रदेश २ का भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्र प्रसाद साहले किसानहरुको समस्या समाधान गर्न आफु लागिपरेको बताएका छन । सप्तरीको राजविराजमा विहीबार समाजवादी पार्टी जिल्ला समितिद्वारा आयोजित शुभकामना आदान–प्रदान कार्यक्रममा बोल्दै उनले किसानहरुलाई लक्षित गरी विभिन्न सुविधामूलक कार्यक्रमहरु ल्याएको बताए । उनले भने ‘सप्तरीसहित प्रदेश अन्तर्गतका जिल्लाहरुमा हामीले थुप्रै कार्यक्रमहरु ल्याएका छौं, त्यसको सही सदुपयोग गरी परिणाममुखि बनाउनु जरुरी छ ।’ किसानहरुको समस्यालाई आफुले गम्भीर रुपमा लिएको भन्दै सिंचाई, मलखाद्, आधुनिक उपकरण लगायतको व्यवस्थाहरु मिलाउन प्रयासरत रहेको बताए । किसानहरुकालागि प्रदेश सरकारले नै डेरी, कृषि सडक समेतका योजनाहरुबारे ल्याउन लागेको मन्त्री साहले जानकारी दिए । कार्यक्रममा सप्तरी क्षेत्र नम्वर १ का प्रतिनीधि सभा सदस्य डा. सुर्यनारायण यादवले पार्टीले दिएको जिम्मेवारी पूरा गर्न प्रतिवद्ध रहेको बताए । पार्टीलाई मजबुत बनाउन सम्पूर्ण कार्यकर्ताहरु जिम्मेवार भएर काम गर्नुपर्नेमा उनले जोड दिए । पार्टीका जिल्ला अध्यक्ष केदार प्रसाद यादवको अध्यक्षतामा आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा पार्टीका केन्द्रीय सदस्यहरु अनिरुद्ध प्रसाद सिंह, चितनारायण यादव, विनोद चौधरी, भीमराज यादव, सुमन चौधरी, रामगोबिन्द यादव, जगदेव यादव, प्रदेश मुख्य सचिव शम्भु झा , सचिव दिनेश कुमार यादव, जिल्ला ईञ्चार्ज सत्यनारायण यादव, प्रदेश सदस्य युसुफ अलि, बलान बिहुल गाउँपालिका अध्यक्ष दयानन्द गोइत, खडक नगरपालिकाका मेयर हेमायु हक, महदेवा गाउँपालिकाका अध्यक्ष दिपक यादव, नेपाल स्वास्थ्यकर्मी फोरमका प्रदेश उपाध्यक्ष कमल यादव, शिक्षक संघका जिल्ला अध्यक्ष श्याम यादव, रामाकान्त यादव, विद्यार्थी फोरमका जिल्ला अध्यक्ष सञ्जय यादव, मीरा यादव लगायतले शुभकामना मन्तव्य व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤