ताजा समाचार

डाँका गर्दै गरेको अवस्थामा हातहतियार सहित ४ जना पक्राउ

  • असोज ९, २०७६
  • १०४० पटक पढिएको
  • सिराहा टाइम्स
alt

धनुषा, ९ असोज जनकपुर उपमहानगरपालिका-२ स्थित दिपक बजाज र अमित अग्रवालको जानकी फर्निसिङ नामको फर्निचर पसलमा डाँका गर्दै गरेको अवस्थामा विभिन्न हातहतियार सहित ४ जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा भारत विहार सितामढी बस्ने ४० वर्षीय मोहमद ईलयास, भारत बर्गिनिया बस्ने ३९ वर्षीय ओजिर अंसारी, रौतहट वृन्दावन नगरपालिका-१ रमौली बैरिया बस्ने ३५ वर्षीय गगन पटेल र रौतहट गौर नगरपालिका- ४ बस्ने ४५ वर्षीय विनोद प्रसाद सिंह रहेका छन् । उनीहरुको साथबाट कटुवा पेस्तोल १ थान, त्यसको गोली २ राउण्ड, ताल्चा काट्ने कटर १ थान, ७ सय रुपैयाँ नगद, ठुलो पेचकस १ थान, काटेको अवस्थामा रहेको पसलमा लगाउने ताल्चा २ थान, उनीहरुले प्रयोग गरेको चप्पल १ थान र मोबाइल १ थान प्रहरीले बरामद गरेको छ ।

उक्त फर्निचर पसलको सटरको ताल्चा काटी भित्र प्रवेश गरी नगद पैसा राख्ने सेफ समेत फुटाई डाँका गर्दा-गर्दैको अवस्थामा जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको प्रहरीले देखी नियन्त्रणमा लिने क्रममा उनीहरुले कटुवा पेस्तोल झिकी भाग्न खोजेको र प्रहरीले १ राउण्ड हवाई फायर गर्दा समेत नरोकिए पछि पुन: गोली फायर गर्दा गोली लागेर विनोद प्रसाद सिंह घाइते भएका थिए । घाइते विनोदको जनकपुर अञ्चल अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । तस्वीर न्यूज़ बीयूरो बाट 

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤