ताजा समाचार

टीकापुर घटनाका झुटा मुद्दा खारेज हुन्छन् : दाहाल

  • असोज ६, २०७६
  • ८१२ पटक पढिएको
  • सिराहा टाइम्स
alt

असोज ६ । नेपाल कम्युनिस्ट पार्टी(नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले चार वर्षअघि भएको टीकापुर घटनाका सबै झुटा मुद्दा खारेज हुने बताएका छन् । उनले मुद्दा खारेज गर्ने विषयमा पार्टीभित्र सैद्दान्तिक निर्णय भइसकेको बताए । ‘टीकापुर घटनाका विषयमा निर्णय कार्यान्वयनको चरणमा छ,’ दाहालले सुनसरीको झुम्कामा आइतबार जितिया पर्वको अवसरमा आयोजित कार्यक्रममा भने, ‘यो घटनामा संलग्न जनमत पाएर निर्वाचित सांसदलाई स–सम्मान राजनीतिमा ल्याउने वातावरण बनाइनेछ ।’ थारू कल्यणकारिणीसभा सुनसरीद्वारा आयोजित जितिया महोत्सवमा बोल्ने थारू अगुवाले सांसद रेशम चौधरी जेलमा बस्नु परेकोमा विरोध गरेका थिए । कार्यक्रमका प्रमुख अथिति दाहालले जनताबाट निर्वाचित सांसद स–सम्मान जेलमुक्त हुने आश्वासन दिए । कैलाली क्षेत्र नं. १ बाट रेशमले चुनाव जितेका हुन् । उनलाई टीकापुर घटनामा जन्मकैदको सजाय सुनाइएको छ । उनी जेलमा रहदा सपथ लिएका थिए ।

चार वर्षअघि अर्थात् २०७२ साल भदौ ७ गते टीकापुरमा भएको आन्दोलन हिंसामा परिणत हुँदा आठ प्रहरी र एक नाबालकको ज्यान गएको गियो । सो घटनामा ५८ जनाको संलग्नता रहेको जनाउँदै कैलाली अदालतमा कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र डाँका मुद्दा दायर भएको थियो । अदालतले थुनामा रहेका २७ जनालाई फैसलासमेत गरिसकेको छ । सांसद रेशम चौधरीसहित ११ जनालाई जन्मकैद, १३ जनालाईं तीन वर्षसम्म सजाय र तीन जनालाई सफाइ दिएको थियो फरार ३१ जना प्रतिवादीको मुद्दा भने मुलतबीमा राखिएको छ । नेता दाहालले थारूलाई मधेसी र जनजाति कोटामा नराखी छुट्टै पहिचान दिलाउन संवैधानिक थारु आयोग बनाइएको बताए । ‘यसअघिका सरकारले छुट्टै थारू आयोग बनाएका थिएनन्, थारू समुदायले भने छुट्टै पहिचानको माग गर्दै आएका थिए, यसपटक बनेको छ,’ उनले भने, ‘समानुपातिक व्यवस्थाले थारूहरुको संसदमा बढीभन्दा बढी प्रतिनिधित्व भएको छ ।’

नेता दाहालले संघीय लोकतान्त्रिक व्यवस्थाप्रति सामान्य खालका अराजक र उशृंखल गतिविधि हुन थालेकोले त्यसको प्रतिवाद गर्नुपर्ने बताए । ‘राजनीतिक परिवर्तन र राज्य व्यवस्थाप्रति भने कुनै तहबाट अहिले नै खतरा छैन,’ उनले भने, ‘तर, जुन खालको गतिविधि देखा पर्न थालेको छ, त्यस खालको गतिविधिको प्रतिवाद गर्ने समय भने आइसकेको छ ।’ उनले कुन समूह वा व्यक्तिबाट सिष्टमप्रति अराजक र उशृंखल गतिविधि भइरहेको भन्ने बारे भने खुलाएनन् । ‘संविधान र लोकतन्त्रको रक्षाका लागि सबै राजनीतिक दलसमेत एकै ठाँउमा छौं,’ उनले भने । संविधान दिवसमा कालोझण्डा देखाउनेलाई जवाफ दिँदै दाहालले संविधान सहमतिको दस्तावेज भएकाले फेरि पनि आवश्यक परे संवैधानिक र शान्तिपूर्ण तरिकाले संशोधन गर्न सकिने प्रस्ट्याए । सो क्रममा नेकपाका प्रदेश नं. १ का संयोजक भीम आचार्य, कृषि तथा पशुपंछी विकास राज्यमन्त्री रामकुमारी चौधरीलगायतले सम्बोधन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤