Siraha Times
ताजा समाचार

कमला बचाउ अभियान अन्तर्गत धनुषाको हथमुण्डामा बृक्षा रोपन

  • असोज ५, २०७६
  • १३५३ पटक पढिएको
  • नरेश बर्ब्रिया
alt

नरेशचन्द्र बरबरिया असोज गते ।"कमला बचाउ अभियान "अन्तर्गत शनिबार धनुषाको कमला नगरपालिकामा बृक्षा राेपन कार्यक्रम सम्पन्न भएको छ ।

प्रदेश २ नीति आयोगका उपाध्यक्ष डा. भोगेन्द्र झाले कमलालाई नदीको रुपमा मात्र नबुझेर मानव सभ्यताको रुपमा अध्ययन र संरक्षण गर्नुपर्ने बताएका छन् ।विक्रम यादवको नेतृत्वमा सञ्चालित कमला बचाउ अभियान अन्तरगत शनिबार कमला नगरपालिका –७, हथमुण्डामा आयोजित चेतना शिविरलाई सम्बोधन गर्दै झाले कमलाको महत्व स्थानीय बासिन्दाले बझ्न आवश्यक रहेको र यसका लागि अभियानको निरन्तरतामा जोड दिए ।

शिविरमा शहिदनगर नगरपालिकाका प्रमुख उदयकुमार बरबरिया यादवले कमला बचाउ अभियानमा आफु एक सदस्यको रुपमा अनवरत खटिरहने प्रतिबद्धता जाहेर गरे । कमला बचाउ अभियानलाई अझ उचाइमा पु¥याउन निकट भविष्यमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटेर योजना अघि बढाउने उनले बताए । ‘म कुनै नगरपालिकाको मयेर हुँला, तर, त्यसभन्दा पनि कमला बचाउ अभियानीको रुपमा म आफुलाई चिनाउन चाहन्छु’ उनले भने ।

कमला नगरपालिकाका प्रमुख रामउद्गार गोइतले कमला नदी बचाउ अभियानलाई प्रभावकारी बनाउन कमला नदीसँग टाँसिएर रहेका विभिन्न नगरपालिका तथा गाउँपालिकाहरुको वडामा समन्वय तथा चेतनामुलक अन्तरक्रिया कार्यक्रम गर्न सुझाए । शिविरमा अभियानी विक्रम यादव, सहायक वन अधिकृत सुरेश शर्मा, वडा अध्यक्षहरु तपेश्वर यादव र समसुल मियाँ लगायतको सहभागिता थियो ।

प्रतिक्रिया दिनुहोस

सर्पदंशबाट घाइते भगव ...

ओम प्रकाश यादव लहान भदौ ५ । सिरहाको भगवानपुर गाउँपालिका–२ गम्हरियाका स्थानीय अशोक भगतका दुई छो ...

लहान–२२ मा ‘घर–घरको ...

लहान, साउन ४ । लहान नगरपालिकाले सञ्चालन गर्दै आएको ‘घर–घरको शान, स्वच्छता अभियान’ ...

आकस्मिक स्वास्थ्य से ...

बारा ३ भदौ। सिमरा विमानस्थलमा बुधबारदेखि निःशुल्क स्वास्थ्य सहायता कक्ष (हेल्थ डेस्क) सञ्चालनमा आएको ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१