ताजा समाचार

सिरहामा पोखरीमा डुबेर २ बालिकाको ज्यान गयो

  • असोज ५, २०७६
  • ३००३ पटक पढिएको
  • सिराहा टाइम्स
alt

महेश सिंह - सिरहा, ५ असोज । सिरहामा बाख्रा चराउन गएकी दुई बालिकाको आईतबार पोखरीमा डुबेर ज्यान गएको छ । गोलबजार नगरपालिका ९ गोविन्दपुरका राजु थापाकी १० वर्षीया छोरी प्रतिक्षा थापा र सविना खातुनकी १२ वर्षीया रानी खातुनको पोखरीमा डुबेर ज्यान गएको हो । साथीहरुसँगै जंगलमा बाख्रा चराउन गएकी उनीहरुको पोखरीमा नुहाउने क्रममा डुबेर ज्यान गएको वडाअध्यक्ष रामपुकार कामतीले बताए । पानीमा डुबेपनि बाहिर नदेखिएपछि प्रहरी र स्थानीयले खोजेर पानीभित्रबाटै दुवै बालिकालाई निकालेको हो । दुवै बालिकाको शव पोष्टमार्टमको लागि लहान अस्पताल राखीएको इलाका प्रहरी कार्यालय लहानको इन्सपेक्टर बिजय यादवले जानकारी दिनु भयो । स्थानीय र प्रहरीले घटना भएलगत्तै उद्धारको प्रयास गरेपनि सफल हुन नसकेको बताए । थापाको बुबाको मृत्यु भइसकेको छ भने आमाले अर्कै विवाह गरिसकेकी छिन् । उनी हजुर आमासँग बस्थिन् । खातुनका बुबा बेपत्ता भएको वर्षौं भइसकेको छ भने आमाले अर्कैसँग विवाह गरेर गएकी छिन् । उनी मावलीमा बस्दै आएका थिइन् ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤