ताजा समाचार

सिरहामा लागु औषध कारोबारमा, दुई बालक पक्राउ

  • असोज ५, २०७६
  • १४०५ पटक पढिएको
  • सिराहा टाइम्स
alt

महेश सिंह -सिरहा, ५ असोज । नेपालमा प्रतिबन्धित लागु औषध तस्करीमा दुई जना बालकलाई ठाडी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सिरहाको नवराजपुर गाउँपालिका ४ बस्ने देवेन्द्र यादबको १२ वर्षीय छोरा शिवराम यादब र भगवानपुर गाउँपालिका ३ बस्ने रामविलास यादबको १० वर्षीय छोरा दिपरञ्जन यादब रहेको हो । दुवै जना भारतबाट अवैध रुपमा नेपाल भित्र्याउन लागेका विभिन्न खालका औषधीसहित भगवानपुर गाउँपालिका ३ लालपुरबाट प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । ठाडी प्रहरीको इनचार्ज चन्देश्वर सिंहले बताए । सिंहका अनुसार बालकको साथबाट प्रतिबन्धित ट्याब्लेट ओमी ५७ पत्ता, किपला २२ पत्ता, एभिल १० पिस, डाइलोना १० पिससहित करिब ४० हजार बराबरको औषधी बरामद भएको सिंहले बताए । पक्राउ परेका बालकलाई कसैले रकमको लोभ दिएर औषधी तस्करी गर्न लगाएको प्रहरीले अनुमान गरेका हुन् पक्राउ परेका दुबै बालक माथी अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यालय सिरहाले बताए ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤