‘कमला नदीमात्र होइन, मानव सभ्यता पनि हो’

  • असोज ५, २०७६
  • ९५१ पटक पढिएको
  • सिराहा टाइम्स
alt

सुशिल राउत सबैला, ५ असोज । प्रदेश २ नीति आयोगका उपाध्यक्ष डा. भोगेन्द्र झाले कमलालाई नदीको रुपमा मात्र नबुझेर मानव सभ्यताको रुपमा अध्ययन र संरक्षण गर्नुपर्ने बताएका छन् ।विक्रम यादवको नेतृत्वमा सञ्चालित कमला बचाउ अभियान अन्तरगत शनिबार कमला नगरपालिका –७, हथमुण्डामा आयोजित चेतना शिविरलाई सम्बोधन गर्दै झाले कमलाको महत्व स्थानीय बासिन्दाले बझ्न आवश्यक रहेको र यसका लागि अभियानको निरन्तरतामा जोड दिए ।

शिविरमा शहिदनगर नगरपालिकाका प्रमुख उदयकुमार बरबरिया यादवले कमला बचाउ अभियानमा आफु एक सदस्यको रुपमा अनवरत खटिरहने प्रतिबद्धता जाहेर गरे । कमला बचाउ अभियानलाई अझ उचाइमा पु¥याउन निकट भविष्यमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटेर योजना अघि बढाउने उनले बताए । ‘म कुनै नगरपालिकाको मयेर हुँला, तर, त्यसभन्दा पनि कमला बचाउ अभियानीको रुपमा म आफुलाई चिनाउन चाहन्छु’ उनले भने ।

कमला नगरपालिकाका प्रमुख रामउद्गार गोइतले कमला नदी बचाउ अभियानलाई प्रभावकारी बनाउन कमला नदीसँग टाँसिएर रहेका विभिन्न नगरपालिका तथा गाउँपालिकाहरुको वडामा समन्वय तथा चेतनामुलक अन्तरक्रिया कार्यक्रम गर्न सुझाए । शिविरमा अभियानी विक्रम यादव, सहायक वन अधिकृत सुरेश शर्मा, वडा अध्यक्षहरु तपेश्वर यादव र समसुल मियाँ लगायतको सहभागिता थियो ।

प्रतिक्रिया दिनुहोस

कपिलवस्तु प्राविधिक ...

 अजय मिश्र कपिलवस्तु, पुस ७। कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिका वडा नं २ स्थित कपिलवस्तु प्रा ...

मेयर चौधरीद्वारा छुट ...

ओम प्रकाश यादव लहान, पुष ६ । लहान नगरपालिकाका मेयर महेश चौधरीले नगरपालिकाको तर्फबाट वडा नम्बर– ...

आशा किरण केन्द्रको १ ...

वीरगंज ६ पौष । नेशनल मेडिकल कलेज प्रा. लि. र आशा किरण केन्द्रबीच औपचारिक सम्झौता हस्ताक्षर गरिए ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१