काठमाण्डौंमा अशोज ३ कालो दिन भन्दै प्रदर्शन र संविधान जलाइयो, तिनजना पक्राउ

  • असोज ४, २०७६
  • १२४१ पटक पढिएको
  • सिराहा टाइम्स
alt

काठमाडौं असोज ४। संविधानको विरोधमा आदिवासी जनजाति, मधेसी, दलित, थारु समुदायका विभिन्न संघसंस्थाले काठमाडौंमा प्रदर्शन गरेका छन् । उनीहरुले  असोज तीन, कालो दिन भन्दै काठमाडौंको बसन्तपुरदेखि इन्द्रचोक, असन लगायतका क्षेत्रमा प्रदर्शन गर्दै बसन्तपुरमा कोणसभा गरेका छन् । विरोध र्‍यालीमा सहभागीहरुले कालो टिसर्ट लगाएका थिए भने कालो ब्यानर बोकेका थिए । संविधानले आफूहरुको हक अधिकारको संरक्षण नगरेको र सरकारले आफूहरुको अधिकार ग्यारेन्टी हुने गरी संविधान संशोधन गर्न पनि अस्वीकार गरेको भन्दै उनीहरुले संविधानको विरोधमा प्रदर्शन र संविधान समेत जलाएका थिए ।

विरोध र्‍यालीमा सहभागीहरुले कालो टिसर्ट लगाएका थिए भने कालो ब्यानर बोकेका थिए । संविधानले आफूहरुको हक अधिकारको संरक्षण नगरेको र सरकारले आफूहरुको अधिकार ग्यारेन्टी हुने गरी संविधान संशोधन गर्न पनि अस्वीकार गरेको भन्दै उनीहरुले संविधानको विरोधमा प्रदर्शन र संविधान समेत जलाएका थिए ।

कोणसभा लाई सम्बोधन गर्दै जनजाति अभियन्ता ओम गुरूंगले संविधान अपुरो, जनविरोधी र प्रतिगामी रहेको भन्दै संशोधनको माग गरेको थियो । थारू नेता सुरेन्द्र चौधरीले कालोदिनमा विरोध प्रदर्शन गर्दै गरेको दांगमा समातिएका ६ जना थारू प्रदर्शनकारीलाई २४ घण्टा भित्र रिहा नगरे ठुलो दुर्घटना हुन सक्ने संकेत दिएका हुन् । नेपाल आदिवासी जनजाति महासंघको अध्यक्ष जगत बरामले ११ प्रदेश नबनाउँदासम्म हामीले संविधान दिवस  मनाउँदैनौं बताए । थारु नेतृ प्रेमा थारुले प्रचण्डले १७ हजार मान्छे मार्दा राजनीति थारुले टीकापुरमा अधिकार माग्दा देशद्रोही ? भनेर राज्यमाथी प्रश्न तेर्साएका थिइन ।

तराई मधेश राष्ट्रिय परिषदका सदस्य समाजिक अभियन्ता सरोज रायले अशोज ३ गते विरगंजमा शहिद भएको शत्रुधन पटेल र बेथरी हत्याकाण्डको सम्झना गराउंदै संविधानमा सबैको जनभावना नसमेटिए सम्म अशोज ३ मा कालोदिन मनाई राख्ने बताए । अगाडी रायले आफु समाजको सेवा गर्ने सेवक भएको र समाजको हकहितको लागि मुद्धाहरू निरन्तर उठाई रहेको हुनाले संविधानमा हक अधिकार सुनिश्चितको मुद्धा पनि समाजिक मुद्धा भएको हुनाले आफु विरोध प्रदर्शनमा खडा भएको बताए। 

संविधान जलाउँदै गरेका सिताराम थारु , थरुहट/थारुवान राष्ट्रिय मोर्चा केन्द्रिय सदस्य तथा बर्दियालि थारु बिकास मन्च काठमाडौ केन्द्रिय अध्यक्ष  लगायत अरु २ जना कुलदेव अस्तानी , नेकपा काभ्रे जिल्ला कमिटी  सदस्य र यलम्बर खम्बु, सघिय लिम्बुवान मन्च,नेपालका महासचिवलाई प्रहरीले बेलुकी बसन्तपुरबाट  पक्राउ गरेको छ । तिनलाई दरबारमार्ग प्रहरी हिरासतमा राखिएकोछ ।

प्रतिक्रिया दिनुहोस

शिक्षा बन्द, सरकार च ...

दिलीप कुमार यादव सप्तरी रुपनी, वैशाख ७। देशमा शिक्षाको संकट झनै भयावह बन्दै गएको छ । सरकार मन्त्रीहर ...

प्रादेशिक अस्पताल सि ...

    नरेशचन्द्र बरबरिया सिरहा बैशाख  ६ । सदरमुकाम सिरहा स्थित प्रादेशिक अस् ...

मिटरब्याज विरुद्ध कि ...

सिरहाटाइम्स लहान वैशाख ६ । मिटरब्याज विरुद्ध किसन मजदुर आन्दोलन, नेपाल मिथिला कमाण्ड सिरहा जिल्ला सम ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१