ताजा समाचार

काठमाण्डौंमा अशोज ३ कालो दिन भन्दै प्रदर्शन र संविधान जलाइयो, तिनजना पक्राउ

  • असोज ४, २०७६
  • १४११ पटक पढिएको
  • सिराहा टाइम्स
alt

काठमाडौं असोज ४। संविधानको विरोधमा आदिवासी जनजाति, मधेसी, दलित, थारु समुदायका विभिन्न संघसंस्थाले काठमाडौंमा प्रदर्शन गरेका छन् । उनीहरुले  असोज तीन, कालो दिन भन्दै काठमाडौंको बसन्तपुरदेखि इन्द्रचोक, असन लगायतका क्षेत्रमा प्रदर्शन गर्दै बसन्तपुरमा कोणसभा गरेका छन् । विरोध र्‍यालीमा सहभागीहरुले कालो टिसर्ट लगाएका थिए भने कालो ब्यानर बोकेका थिए । संविधानले आफूहरुको हक अधिकारको संरक्षण नगरेको र सरकारले आफूहरुको अधिकार ग्यारेन्टी हुने गरी संविधान संशोधन गर्न पनि अस्वीकार गरेको भन्दै उनीहरुले संविधानको विरोधमा प्रदर्शन र संविधान समेत जलाएका थिए ।

विरोध र्‍यालीमा सहभागीहरुले कालो टिसर्ट लगाएका थिए भने कालो ब्यानर बोकेका थिए । संविधानले आफूहरुको हक अधिकारको संरक्षण नगरेको र सरकारले आफूहरुको अधिकार ग्यारेन्टी हुने गरी संविधान संशोधन गर्न पनि अस्वीकार गरेको भन्दै उनीहरुले संविधानको विरोधमा प्रदर्शन र संविधान समेत जलाएका थिए ।

कोणसभा लाई सम्बोधन गर्दै जनजाति अभियन्ता ओम गुरूंगले संविधान अपुरो, जनविरोधी र प्रतिगामी रहेको भन्दै संशोधनको माग गरेको थियो । थारू नेता सुरेन्द्र चौधरीले कालोदिनमा विरोध प्रदर्शन गर्दै गरेको दांगमा समातिएका ६ जना थारू प्रदर्शनकारीलाई २४ घण्टा भित्र रिहा नगरे ठुलो दुर्घटना हुन सक्ने संकेत दिएका हुन् । नेपाल आदिवासी जनजाति महासंघको अध्यक्ष जगत बरामले ११ प्रदेश नबनाउँदासम्म हामीले संविधान दिवस  मनाउँदैनौं बताए । थारु नेतृ प्रेमा थारुले प्रचण्डले १७ हजार मान्छे मार्दा राजनीति थारुले टीकापुरमा अधिकार माग्दा देशद्रोही ? भनेर राज्यमाथी प्रश्न तेर्साएका थिइन ।

तराई मधेश राष्ट्रिय परिषदका सदस्य समाजिक अभियन्ता सरोज रायले अशोज ३ गते विरगंजमा शहिद भएको शत्रुधन पटेल र बेथरी हत्याकाण्डको सम्झना गराउंदै संविधानमा सबैको जनभावना नसमेटिए सम्म अशोज ३ मा कालोदिन मनाई राख्ने बताए । अगाडी रायले आफु समाजको सेवा गर्ने सेवक भएको र समाजको हकहितको लागि मुद्धाहरू निरन्तर उठाई रहेको हुनाले संविधानमा हक अधिकार सुनिश्चितको मुद्धा पनि समाजिक मुद्धा भएको हुनाले आफु विरोध प्रदर्शनमा खडा भएको बताए। 

संविधान जलाउँदै गरेका सिताराम थारु , थरुहट/थारुवान राष्ट्रिय मोर्चा केन्द्रिय सदस्य तथा बर्दियालि थारु बिकास मन्च काठमाडौ केन्द्रिय अध्यक्ष  लगायत अरु २ जना कुलदेव अस्तानी , नेकपा काभ्रे जिल्ला कमिटी  सदस्य र यलम्बर खम्बु, सघिय लिम्बुवान मन्च,नेपालका महासचिवलाई प्रहरीले बेलुकी बसन्तपुरबाट  पक्राउ गरेको छ । तिनलाई दरबारमार्ग प्रहरी हिरासतमा राखिएकोछ ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤