शहिद सूर्यनाथ रानको ३४ औं स्मृतिसभामा शिक्षामन्त्री पोखरेल डुमरिया आउँदै

  • असोज २, २०७६
  • १३८९ पटक पढिएको
  • नरेश बर्ब्रिया
alt

धनुषा असोज २ गते । । महान क्रान्तिकारी र सर्वहारा नेता मानिएको शहिद सूर्यनाथ रानको ३४ औं स्मृति सभालाई सम्बोधन गर्न नेपाल सरकारका शिक्षामन्त्री गिरीराजमणि पोखरेल धनुषा आउने भएका छन् ।

 

धनुषाको शहिदनगर नगरपालिकाको वडा नं. ८ डुमरिया चोकमा मन्त्री पोखरेलले शहिद सूर्यनाथ रानको ३४ औं स्मृति सभालाई सम्बोधन गर्ने शहिदनगर नगरपालिकाका मेयर (कान्छो मेयर) उदय कुमार बरबरियाले जानकारी दिए । असोज ४ गते शनिबार दिउँसो १ बजेदेखि डुमरिया चोकमै धनुषावासीलाई सम्बोधन गर्ने जनाइएको छ ।

 

मेयर बरबरियाले सर्वहारा वर्गको धरोहर तथा सदाबहार वर्गको महान क्रान्तीकारी नेताको रुपमा पञ्ततत्वमा विलिन भएका शहिद सूर्यनाथ क्रान्तीकारीहरुको लागि एक पाठ र उदेश्यझैं बनेको बताए ।  उनले भने, - "जब सम्म क्रन्तिकारीहरु रहन्छ, तब सम्म सुर्यनाथ रान यादवलाई हामीले समान गरिराख्ने छौं , हामी क्रन्तिकारीहरुको एकताले पार्टीमा उर्जा थपेको छ ।"

नेपाल कम्यूनिष्ट पार्टी शहिदनगरले आयोजना गर्न लागेको ३४ औं स्मृति सभालाई सम्बोधन गर्न शिक्षा मन्त्री पोखरेल स्वयंम आउने भएपछि जनसहभागीता समेत मोटो हुने विश्वास लिएको छ । गणतन्त्र ल्याउन आफ्नो ज्यानको आहुति दिएका शहिद सूर्यनाथ रानको स्मृतिमा धनुषाको डुमरिया चोकै १५ सैयाको अस्पताल समेत निर्माण गरिएको छ ।  

कैयौँ बर्षदेखि निर्माणधीन र जीर्ण अवस्थामै रहेका उक्त अस्पतालको लागिगत वर्ष मात्र मन्त्रीपरिषद बैठकले डुमरियामा निर्मित अस्पताल भवनमा प्राथमिक तहको १५ शैयाको अस्पताल स्थापना गर्न सैद्धान्तिक स्वीकृति दिने निर्णय  गरेको हो ।  सो अस्पतालको नाम शहीद सुर्यनाथ रान यादव स्मृति अस्पताल राखिनेछ । नेकपाका केन्द्रिय सदस्य जोग नारायण बरबरिया (श्रवण बरबरिया) को विशेष पहलमा उक्त अस्पताल निर्माण लगायत नामाकरण परिवर्तन भएको हो,  साथै आउदो असोज ४ गते सुर्यनाथ रान स्मृति अस्पतालको उदघाटन हुने तय भएको धनुषा शहिदनगर नगरपालिकाका मेयर उदय कुमार बरबरियाले  जानकारी दिए ।

 

उक्त अस्पतालको निर्माण र सँचालनपछि पूर्वी धनुषाको सर्वसाधारणको लागि सँजीवनी साबित हुने विश्वास लिइएको छ । १५ सैयाको अस्पताल सँचालन भएपछि त्यस भेकका जनताहरुले प्रत्यक्ष लाभान्वित हुने देखिएको छ । 

प्रतिक्रिया दिनुहोस

सबल वालिका, सबल समुद ...

ओम प्रकाश यादव लहान साउन २३ । Plan International नेपालको सहयोगमा दलित जनकल्याण युवा क्लब, लहानक ...

बलान विहुल युवा सञ्ज ...

ओम प्रकाश यादव, लहान, साउन २१। सप्तरीको बलान विहुल गाउँपालिका–१, मल्हनियाँमा बलान विहुल युवा स ...

अर्नमा गाउँपालिका २ ...

ओम प्रकाश यादव लहान साउन २१ । जनता समाजवादी पार्टी नेपाल (जसपा) सिरहाको अर्नमा गाउँपालिका वडा नम्बर ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१