Siraha Times
ताजा समाचार

भोलि मधेशमा दिपावली मनाउने जमातहरू संग डा. निरालाको प्रश्न नै प्रश्न

  • असोज २, २०७६
  • ३२९६ पटक पढिएको
  • नरेश बर्ब्रिया
alt

धै उपेन्द्र उपेन्द्र भन्ने मधेशका पत्रकार, बुद्धिजिवी, समाजसेवी, बिधार्थी, युवा, मजदुर तथा किसानहरूले भोलि मधेशमा दिपावली मनाउने जमातहरू संग केहि प्रश्न गर्ने आँट गर्ने हो कि ? 
डा.कमोद निराला
के २०७२ मा आएको नेपालको संबिधानले मधेश लगायत बिभिन्न समुदायको अधिकार तथा माँगहरू समेटेको छ ?
छ भने जनसंख्याको आधारमा प्रतिनिधित्व, निर्वाचन क्षेत्र, पुर्ण समानुपातिक व्यवस्था, देशको सबै निकायमा समाबेशि व्यवस्था, नागरिकता, स्वातत्ता, पहिचान सहितको संघियता जस्ता मुद्दा किन छैन?
छैन भने, संबिधान निर्माण गर्ने शक्ति जसको संसदिय संख्या धेरै छ, सरकारको नेतृत्व गरेका पार्टी विपक्षमा बसेका पार्टी किन मौन छन ?
के उपेन्द्र यादवको पार्टीले संसोधन गर्ने हो जसको संसदिय संख्या जम्मा १७ छ ?
के उपेन्द्र यादवले सरकार नेतृत्व गरेका छन कि संसोधन बिधेयक सदनमा पेस गरून?
संबिधानले मधेशी लगायत बिभिन्न समुदायको अधिकारहरू समेटन सक्या छैन भने सरकार नेतृत्व गर्ने नेकपाका तथा बिपक्षी दल काग्रेंसका मधेशी लगायत बिभिन्न समुदायका यस पार्टीका नेता कार्यकर्ताहरूले विरोध कहिले गर्ने ?
के मधेशको मुद्दा मात्र समाजवादी पार्टी र राजपा नेपालको मात्र हो? यदि हो भने मधेश लगायत विभिन्न समुदायहरूका जनताले नेकपा र काग्रेंसलाई साथ दिई राख्नु पर्ने के जरूरी छ ?
नेकपा नेतृत्व सरकार पक्षले गरेको समाजवादी तथा राजपा नेपाल संगको सम्झौता कार्यान्वयन गर्ने हो कि? कि कार्यान्वयन गर्ने काम समाजवादी पार्टी र राजपा नेपालको हो र ?
कृप्या मधेशका महान् पत्रकार, बुद्धजिवी, समाजसेवी, राजनितिज्ञ, बिधार्थी, युवा, मजदुर, किसानहरूले यो प्रश्न सम्बन्धि ठुला पार्टी, सरकार नेतृत्व गर्ने पार्टीका नेता, विपक्षी दलका नेताहरूलाई सोध्ने हो कि ?
उपेन्द्र यादव, समाजवादी पार्टी र राजपा नेपाल संसोधन कहिले हुन्छ सोध्नु जसको संदनमा संसद संख्या कम र सरकार नेतृत्व नगरेको अवस्थामा संसोधन बिधेयक लग्ने, संसोधन गर्ने सम्बन्धित संस्थालाई सोध्नु जायज हुनेछ।
माग् कर्तालाई सोधिन्छ यहा, अब माँग पुरा गर्ने निकायलाई ब्यक्तिलाई सोधि हेरौं।।। सबै  प्रष्ट हुन्छ।

प्रतिक्रिया दिनुहोस

खडक–५ बालमैत्री स्था ...

ओम प्रकाश यादव लहान, असार ११ । सप्तरी जिल्लाको खडक नगरपालिका वडा नं. ५ लाई औपचारिक रूपमा ‘बाल ...

खडक नगरपालिकाको १८औँ ...

ओम प्रकाश यादव लहान, असार ११ । “खडक नगरपालिकाको अभियान, समाजवाद उन्मुख आधार निर्माण” भन् ...

सीपमूलक तालिमपछि आत् ...

ओम प्रकाश यादव लहान, असार ११। सिरहाको लहान नगरपालिका वडा नम्बर ९ मा स्थानीय महिलाहरूको आर्थिक सशक्ति ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१