ताजा समाचार

राष्ट्रिय जनता पार्टी नेपालका कार्यकर्ताहरुले संविधान दिवसको विरोधमा प्रदर्शन गरे

  • असोज २, २०७६
  • ३११७ पटक पढिएको
  • सिराहा टाइम्स
alt

असोज २ । बिहीबार बिहानदेखि नै राजविराजस्थित गजेन्द्र चोकमा प्रदेश नम्बर २ का सामाजिक विकासमन्त्री नवलकिशोर साहसहित जिल्लाका स्थानीय तहमा राजपाबाट निर्वाचित जनप्रतिनिधिहरु र कार्यकर्ताहरुले कालो झन्डा प्रदर्शन गरे । गजेन्द्रनारायण सिंहको सालिक परिसरलाई सरसफाई गरेपछि उनीहरु संविधानविरुद्ध नाराबाजीमा उत्रिएका थिए । प्रदर्शनमा प्रदेश नम्बर २ का सामाजिक विकासमन्त्री नवलकिशोर साह, राजपा केन्द्रीय सह महासचिव गजेन्द्र मण्डल, केन्द्रीय सदस्य दिनेश कुमार यादब, राजपा सप्तरी संयाेजक हरेराम यादब, तिलाठी कोइलाडी गाउँपालिका अध्यक्ष सतिशकुमार सिंह, राजविराज नगरपालिकाका उपप्रमुख साधना झा, जिल्ला समन्वय समिति सदस्यहरु, विभिन्न गाउँपालिका र नगरपालिकाका वडा सदस्यहरुसहित राजपाका केन्द्रीय, प्रदेश र स्थानीय तहका कार्यकर्ताहरु सहभागी रहेका थिए । यसैबीच संविधान दिवस समारोह समिति सप्तरीको आयोजनामा बिहीबार बिहान राजविराज नगरको विभिन्न भागको सरसफाई गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤