असोज २ । शब्दलाई कुच्यायो भने अर्थको अनर्थ लाग्छ रे । यसलाई खाँटी भाकामा जोखना हेरेर हेर्ने हो अर्थको अनर्थ पनि लाग्न सक्छ । खाँटी भाकामा डाम्ने यो डाम्नाकार हिजो ‘हान्ने, बान्ने, भनेको नमान्नेलाई घिसारेर तान्ने अनि सापले भनेको मान्ने’ ठाम्मा झन्डै नपुग बिस बर्ख ज्याला मजदुरी गरेर पिल्सिनमा निस्केको मुन्च्चि हो ।ज्याला गर्ने बेलामा एक जना जनताको नाम बेचेर आफ्नो दुनो सोझ्याउने धमला नामको गाम्ले थिए । धमला भनेको धादिंगे मुंच्छी । ति धमला जुँगाको रेखी नबस्दै ‘लौ आयो हजुर आजको ताजा सम्चार’ भन्न गए तर आर्का गाम्ले चै देश, नरेस र जनताको सेवा गर्च्चु भन्दै गोडा फाट सतर्क गर्न आए । शर्मा अर्थात बाजे जातिका मुंच्ची जागिरकै सिलसिलामा यो डाम्नाको खाँटी ट्वांके पार्टनर बन्न पुगे । एक दिन साँझ संगै खोयाबिर्के दन्काउने बेलामा खोयाँकै तालमा ति बाजेले ‘हेर न्यार ढागढीङ्ग ढागढीङ्ग भन्दा भन्दै हाम्रो जिल्लाको नाम धादिंग भाको रे’ भनेर बोलि फुत्काए । मैले पनि थपे हेर बाजे हेडम्बाबाट हेटौंडा हुन्छ भने ढागढीङ्गबाट धादिंग किन नहुने ।
यो डाम्नाको जन्मथलो अर्थात धादिंगेको सिमाना नुवाकोटमा बस्ने भाई राजेन्द्रमान पर्यटन ब्यबसायी हुन । पर्यटनको पेशा भनेको दमडी लिएर देसी बिदेसी चमड़ीहरुलाई घुमाई दिने काम । ति भाई अहिले सम्म देसको हरेक कुना काप्चा घुमी सकेका छन । त्यसैको सेरोफेरोमा रहेर किताब ‘यात्राका पाईलाहरु’ भन्ने शिर्षक राखेर कलम चलाएका रैछन ।
‘आदरणीय दाज्यू जनकमान डङ्गोल मा सादर उपहार’ भन्ने भाका डामेर पठाएको किताब आफन्ती मार्फत पाए । पढ्दै जाँदा पेज लम्बर २१ र २२ मा रसुवा जिल्लाको गत्लांग भन्ने ठाम पहिला ‘गत्तेल्हांङ्’ थियो र पछी वाक्य अपभ्रंश भएर गत्लांग भएको रैछ । हरेक जिनिसको अर्थ हुन्छ । गत्तेल्हांङको पनि अर्थ नहुने कुरै भएन । गत्ते भनेको खुसि हुनु वा सन्चो र ल्हांङ् को अर्थ अनुभूति गर्नु रच्छ ।
लाल सलाम भनेको नेपाली भाका हैन । सलाम भनेको इश्लाम धर्मालम्बीहरुले गर्ने अभिवादन हो । अस्स्ल्लाम को अगाडी ‘अ’ र आधा ‘स’ झिक्यो भने सलाम हुन्छ भने चार जात छत्तिस बर्णको फुलवारी भएको हाम्रो देशमा अभिवादन पनि स्थान अनुसारको छ । नमस्ते भनेको चलेको जिनिस हो तर कम्निस्टहरु आकास तिर मुट्ठी तेर्स्यार ‘लाल सलाम’ कम्रेट भन्छन । लाल भनेको हिन्दि भाकामा रातो हुन्छ भने सलामचै रातो कसरि भो ?
लाल भाका, लाल जिनीस देखि लाल विधा घोकेका मुंच्चेलाई कम्निस्ट भन्नु पर्छ । अनि ति कम्निस्ट भन्ने जिनिस लाई कम्रेट भनेर भन्नु पर्छ भनेर घोकाम्दा रच्छन । कम्निस्ट भनेकै घोकन्ते विधा धावन्ति खेतिमा बिस्वास राख्ने प्राणिहरु हुन ।
जसरि माथि शब्दको अर्थ खोजियो त्यसै गरि कमरेटको पनि अर्थ होला भनेर निकै दिन घोरियो । निकै दिन पछी जैसीले अक्षता पल्टाको जस्तरी अक्षरलाई ओल्टाई पल्टाई गरि हेर्दा ‘कम’ भनेको थोरै अनि ‘रेट’ भनेको ज्याला अर्थात थोरै ज्यालामा काम गर्ने मुन्छीलाई कमरेट अर्थात कम्रेट भनेर भन्ने गरेको रच्छ भनेर भन्न कर लाग्यो कि लागेन ?
काम लायेसी ज्याला दिनु पर्छ भनेर पन्चेती शासन देखि बिपक्षी पार्टी सत्तामा पुगेको बेलामा मृगको पाठा जस्तरी उफ्रिनेहरुमा लालेका बथानहरु लाई कुनै माईकालालले भेटन सक्दैन । ज्याला कम भो भन्दै ज्यालाको निउँ खोजेर कल कारखाना बन्द गराउनेहरु पनि तिनै हुन । त्यसरी बन्द भएको कल कारखाना खुलाउने तर्फ कुनै पहल गरेनन । गरेको भए हाम्रो हेटौडा राम्रो हेटौडामा कम्रेड माओका चेलाहरुले बनाई दिएको हेटौडा कपडा आज भुत बंगला किन हुन्थ्यो ।
रोजगारी बाट बेगारी बनेका आफ्नाहरुलाई कसरि आफ्नो बसमा पार्ने भनेर उपाय खोज्दै जाँदा टोल टोलमा टोल बिकास देखि वडा वडामा रेडक्रस हुँदै बर्षे च्याउ सरि उमारिएको सहकारी भन्ने संस्थामा पनि यिनैहरुको बाहुल्यता छ । ९९ लाई पद र आफ्ना नजिकका लाई कम दाम दिए पुग्ने अनि पार्टीको आदेश भन्दै कम दाममै ज्याला मजदुरी गर्ने भएर नै कम रेट भन्ने शब्दलाई अपभ्रंस बनाउंदै कम्रेट भएको हो कि भन्ने यो डाम्नाकारको ठम्याई मात्र हो ।
प्रतिक्रिया दिनुहोस
मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१
मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१
Copyright © 2016 / 2024 - Sirahatimes.com All rights reserved
Website By : Hash Tech Logic